३ वसेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिता उपाधि निक रासट्रप र प्रेरणा कोइरालालाई



नेपाल समाचारपत्र, ललितपुर ।
३ वसेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत महिला डबल्समा राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले जीत हात पारेको छ ।

सातदोबाटोिस्थत टेनिस कोर्टमा भएको फाइनल खेलमा माहिका र मायंकाले आईरा रावत र अभिलाषा विष्टको जोडीलाई ७-५ र ६-२ को सेटले हराएकोथियो । पहिलो सेटमा कडा प्रतिस्पर्धा भएपनि दोस्रो सेट एकपक्षीय भएको थियो ।

यस्तै पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई ६-१, ३-६ र १०-७ को ३ सेटमा हराएर कमल भण्डारी र प्रणव खनालको जोडीले उपाधि जित्यो ।

प्रतियोगिता अन्तर्गत पुरुष र महिला सिंगल्समा निक रासट्रप र प्रेरणा कोइरालाले उपाधि जीतेको छ । महिला सिंगल्समा प्रेरणा कोइरालाले माहिकालाई ०-६ ६-३ ६-२ ले पन्छाएका थिए भने पुरुस सिंगल्समा निक रासट्रपले जीतेन्द्र परियारलाई ४-६ ७-५ ६-३ ले उपाधि जीते ।

टेनिस प्रतियोगिताको केहि झलकहरु

तस्विरः उज्जोल डंगोल, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्