कालीगण्डकी जलविद्युत् केन्द्र बन्द गरेर मर्मत शुरू, डिजाइन त्रुटी हुँदा भल्बमा समस्या



नेपाल समाचारपत्र, काठमाडौं
१४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत् मर्मत शुरु भएको छ । आयोजना निर्माणका बेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणले आइतबारबाट विद्युत् गृह पँर्ण रुपमा बन्द गरी मर्मत शुरु गरेको हो ।

भल्बबाट पानी चुहिनेलगायतका समस्याबाट विद्युत् गृहमा आउन सक्ने सम्भावित दुर्घटना टार्न र ठँलो विद्युत् गृह हिउँदमा बन्द गर्नुपर्ने अवस्था आउन नदिन अहिले नै मर्मत शुरु गरिएको प्राधिकरणले जनाएको छ ।

डिजाइनमा त्रुटी देखिएपछि सामान निर्माता तथा आपँर्तिकर्ता जापानिज कम्पनी तोसिवाले मर्मत निःशुल्क गर्ने प्रतिबद्धता जनाएको थियो । कम्पनीले निःशुल्क मर्मतका लागि दिएको अन्तिमपटकको म्याद १४ असोजमा सकिँंदैछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत गृहको स्थलगत निरीक्षण गरी तोकिएको समयभन्दा अघि नै मर्मत सक्न निर्देशन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा रहेको ठँलो विद्युत् गृहको काम छिट्टो सक्ने निर्देशन दिएपछि प्राधिकरणको उच्चस्तरीय टोली कालीगण्डकी विद्युत् गृहमा भइरहेको कामको निरीक्षणमा गएको थियो ।

‘विद्युत् गृह बन्द हुँदा अहिले दैनिक रुपमा करिब साढे तीन करोड रुपियाँ आम्दानी गुमाइरहेका छौं, एक दिन अगाडि काम सकियो भने त्यो आम्दानी नगुम्ने भएकाले सोही अनुसार काम गर्नुहोस्,’ घिसिङले केन्द्र प्रमुखलगायत मर्मतमा संलग्न प्राविधिकलाई निर्देशन दिँंदै भन्नुभयो ।
मर्मतमा तोसिवाका र प्राधिकरणका प्राविधिक खटिएका छन् । केन्द्र प्रमुख राजेशकुमार पाण्डेयले तोकिएको समयभन्दा एक दिन भए पनि अगाडि सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

विद्युत् गृह बन्द हुँदा अहिले दैनिक रुपमा करिब साढे तीन करोड रुपियाँ आम्दानी गुमाइरहेका छौं, एक दिन अगाडि काम सकियो भने त्यो आम्दानी नगुम्ने भएकाले सोही अनुसार काम गर्नुहोस्,’
कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

सोमबारबाट शुरु भएको मर्मत १२ कात्तिकभित्रमा सक्ने लक्ष्य राखिएको छ । केन्द्रमा ४८÷४८ मेगावाटका तीन युनिट छन् । समस्यामा देखिएको भल्ब खोल्नका लागि बिहीबारसम्म केन्द्रबाट विद्युत् उत्पादन बन्द हुने छ । त्यसपछि २५ दिनसम्म मर्मत गर्ने एक युनिट ४८ मेगावाट मात्रै बन्द रहने छ । युनिट २ को मर्मत सकिएपछि तीनवटै युनिट चलाउनका लागि सात दिन विद्युत् उत्पादन पँर्ण रुपमा बन्द रहने प्राधिकरणले जनाएको छ । निर्माणका बेला भएको डिजाइन त्रुटीका कारण मर्मतका लागि ६ किलोमिटर सुरुङको पानी सुकाउनु बाध्यता छ । यसले पानी हटाउन र काम सकिएपछि सुरुङमा पानी भर्न समय लाग्दा मर्मतमा बढी समय लागेको हो ।

दशैंमा उद्योग कलकारखाना बन्द हुँदा विद्युतको माग काम हुने र अन्य विद्युत् गृह पनि पँर्ण क्षमतामा चलाउन सकिने भएकाले अहिले मर्मतका लागि उपयुक्त समय भएको घिसिङले बताउनुभयो । ‘हिउँदमा विद्युत्को माग बढी हुन्थ्यो, कालीगण्डकीबाट विद्युत् आपँर्ति हुने नारायणघाट पश्चिम र पोखरा क्षेत्रमा १५ घण्टाभन्दा बढी लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्थ्यो,’ उहाँले भन्नुभयो । कालीगण्डकी अर्धजलाशययुक्त आयोजना भएकाले हिउँदमा बढी विद्युत् माग हुने पिक समयमा पँर्ण क्षमतामा चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्