बैंक अफ काठमाण्डूका कार्ड धनीलाई दशैं तिहारको अफर



काठमाडौं, (नेस)
दशैं तथा तिहारको अवसरमा बैंक अफ काठमाण्डँले कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुटअन्तर्गत बैंक अफ काठमाण्डँका ग्राहकले आफ्नो कार्ड मार्फत ग्रान्डी हस्पिटलको सेवा लिए बापट ७ दशमलव ५ प्रतिशत, एलजी लाइफस्टाइल प्रालिको कुनै पनि शोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सिजी डिजिटल प्रालिको कुनै पनि शोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत पाउन सकिने बैंकले जनाएको छ

त्यस्तै दरबारमार्गस्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एन्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि शोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्