कुरीकुरी सरकार



कहिले अरिङ्गाल बन्नपर्छ भन्ने अनि कहिले चाहिँ माहुरी बन्नुपर्छ भन्ने उर्दी जारी गर्ने पीए ओली जस्तो बोल्छन् उनका निर्णय पनि उस्तै हुन्छन् भन्या । अर्थात् सरकारको बोली र व्यवहारमा समानता देख्न थालिएको छ ।

टेलिकमसेवा प्रदायक संस्थाहरुको नियामक निकाय दुर सञ्चार प्राधिकरण अध्यक्षलाई केही महिना अघि अयोग्य ठह¥याएको सरकारले दुई महिनापनि वित्न नपाउँदै योग्य ठह¥याएको छ । प्राधिकरण अध्यक्ष दीगम्बर झालाई गत असारमा अयोग्य ठह¥याएको ओली सरकारले गत महिना पुन सोही पदमा योग्य भन्दै पुन नियुक्त ग¥यो ।

झाको काम कार्वाहीमा प्रश्न चिन्ह्र खडा गर्दै अधिकार कटौती गरिएको थियो, तर सरकारले मंगलबार फेरी पुरानो बाधा अवरोध खुला गरेको धरहराले देख्यो । झालाई काटिएको पत्रमा भनिएको छ–‘पारदर्र्शी ढंगमा काम गर्नु, रोकिएका कामलाई निरन्तरता दिनु ।’ यति मात्रै होइन, अन्य धेरै विषयमा सरकार ‘आफै धामी आफै बोक्सी’ भएका उदाहरण पर्याप्त छन् ।

२० वर्षे पुराना सवारी गुडाउन प्रतिबन्ध लगाएको र ‘वर्षौ पुरानो यातायात सिन्डीकेट तोड्यौ’ भन्दै छाती पिट्ने मन्त्रीहरु धमाधम त्यस्ता निर्णय उल्ट्याउन लागि परेको देख्दा दुई तिहाई बहुमतको सरकार कति बलियो हुन्छ भन्ने प्रष्ट भएको छ । अब धमाधम यस्तो हुन थालेसी कुन दिन पार्टी एकता पनि उल्टिन बेर छैन । यस्तो भएसी के नै भन्न सकिन्छ र, ‘कुरीकुरी सरकार’ ।

प्रतिक्रिया दिनुहोस्