छोरीसँगै राष्ट्र संघको महासभामा पुगेकी प्रधानमन्त्री अर्डन चर्चामा



न्युयोर्क (एजेन्सी)
हालै मात्र एक बच्चीकी आमा बनेकी न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डन एक पटक पुन चर्चामा छिन् । अर्डन राष्ट्र संघको महासभामा भाग लिन आफनी छोरीसँगै पुगेकी छिन् ।

महासभामा अर्डनले आफनो भाषण पढिरहँदा उनका पार्टनरले बच्चालाई सम्हालेका थिए । नेल्सन मन्डेला पिस स्पिचमा अर्डनले सम्बोधन गरेकी थिइन् । जेसिन्डाका पार्टनर टिभी प्रस्तोता क्लार्क गेफर्डले त्यतिबेला उनीहरु नै केयरटेकर भएको बताए ।

प्रधानमन्त्री जेसिन्डा अर्डले न्युजिल्यान्ड देखि न्युयोर्क सम्मको १७ घण्टा लामो उडानका क्रममा आफुले अन्य यात्रीहरुसँग पहिले नै माफी मागेको बताइन् । अहिले छोरीलाई स्तन पान गराइरहेकोले यति लामो यात्रामा पनि साथै ल्याउनु परेको उनले बताइन् ।

एक विश्व मन्चमा सबै क्यामरा ३ महिनाकी बच्चा तर्फ घुमिरहेका थिए । महासभाका क्रममा अर्डन धेरै पटक छोरीलाई माया गरिरहेको देखिएकी थिइन् । राष्ट्र संघको इतिहासमा कुनै देशका प्रधानमन्त्रीले आफनो बच्चासँग कार्यक्रममा सहभागिता जनाएको यो पहिलो घटना हो ।

जेसिन्डा अर्डन गर्भावस्था देखिनै पुरै विश्वको सन्चार माध्यममा ब्याप्त भएकी थिइन् । आमा बन्नुको खुसी र प्रधानमन्त्री पदको जिम्मेवारी दुबै फरक फरक कुरा भएको उनले बताएकी थिइन् । एक छोरीकी आमा हुनुमा आफुले जुन खुसीको महसुस गरिरहेको हो त्यसको बयान गर्न नसकिने उनले बताएकी थिइन् ।

छोरी र पतिमाथि हुने खर्चलाई भएको आलोचनालाई लिएर केहि दिन अगाडी उनका पति र छोरीको टिकट र अन्य खर्च उ आफनै तलबबाट बेहोर्ने अर्डनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्