स्विडेनका प्रधानमन्त्री लोफभने प्रतिको संसदिय समर्थन फिर्ता



स्टकहोम,(एजेन्स्ी)
संसदले समर्थन फिर्ता लिएपछि मंगलवार स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पद त्याग्न बाध्य भएक छन् । आप्रवासको विरुद्ध रहेका स्विेडेन डमोक्रेटस ( एसडि ) ले उनलाई हटाउनका लागि भएको अविश्वासको प्रस्तावमाथिको मतदानमा महत्वुपुर्ण सहयोग गरेको थियो ।
आम निर्वाचनको केहि सातापछि त्रिशंकु संसद बनेको थियो । मंगलवार संसदमा भएको नाटकिय मतदानमा विधायकहरुले लोफभेन विरुद्ध २ सय ४ र पक्षमा १ सय ४२ मत खसालेका थिए । संसदका सभामुखले अब नयाँ नेताका लागि प्रस्ताव अघि सार्नेछन् । तर यसका लागि हप्तौं लामो समय लाग्ने अनुमान गरिएको छ ।

आफ्नो स्थानमा नयाँ प्रधानमन्त्री चयन नगरुन्जेल लोफभेनले कार्यवाहक प्रधानमन्त्रीको भुमिका निभाउने अनुमान गरिएको छ । मध्यमार्गी वामपन्थी सोसियल डेमोक्रेटसका नेता लोफभेन सन् २०१४ मा सत्तामा आएका थिए ।

यसै महिनामा सम्पन्न संसदिय चुनावमा उनको पार्टीले विपक्षी मध्यमार्गी दक्षिणपन्थि पार्टीले भन्दा १ सिट बढि अर्थात १ स य ४४ वटा सिट जितेको थियो । तोश्रो ठूलो राष्ट्रवादी पार्टी एसडिसंग मिलेर अन्यु दुईा राजनीतिक समुह सरकार बनाउन तयार रहेका छैनन ।
तर उदारवादी समुहका नेता उलफ क्रिस्टेस्र्सन नयाँ प्रधानमन्त्री बन्ने संभावना रहेको छ । उनकै पार्टीका सदस्य आन्दि«यस नोर्लेन एसडीको समर्थनमा सोमवार नयाँ सभामुखमा पक्का भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्