विकल्प सम्बन्धविच्छेद नरोजौं



नेपालमा पछिल्लो समय मुलुकभर सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएका छन् । मुलुकभर बर्सेनि ८ हजारको संख्यामा सम्बन्धविच्छेद हुने गरेकोमा गत भदौ १ गतेदेखि लागू मुलुकी संहिताको नयाँ कानुनले सम्बन्धविच्छेदका लागि पुरुषले पनि सीधै अदालतमा मुद्दा हाल्न सक्ने व्यवस्था गरेपछि यही कानुनको प्रयोग गर्दै पुरुषहरु पनि अदालत धाउन थालेका छन् ।

राजधानी काठमाडौंमा दैनिक पाँचभन्दा बढी दाम्पत्य जीवन अन्त्य भएको पाइएको छ । पछिल्लो समय दाम्पत्य जीवन जति कसिलो, विश्वासिलो र रसिलो बन्दै जानुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । वैवाहिक जीवनमा दिनहुँजसो वैमनस्यता बढ्दै जाँदा दाम्पत्य सम्बन्ध अब परिवारबाट सीधै अदालतसम्म पुगेर टुंगिने अवस्था छ । यो नेपाली समाजका लागि चिन्ताको विषय हो ।
आ–आफ्नो सहअस्तित्व र सम्मानपूर्वक व्यवहार प्रदर्शन गरी असमझदारी हटाएर विवाहविच्छेदको दर घटाउनुपर्छ । जोडिँदै जानुपर्ने सम्बन्ध टुट्दै, फुट्दै र फाट्दै जाँदा त्यसले नेपाली समाजलाई पक्कै फाइदा पु¥याउँदैन भन्नेतर्फ सम्बन्ध तोड्न लागेकाहरुले मनन गर्नु आवश्यक छ ।
– सु्जीत महत, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्