रोटरी क्लबका नयाँ सदस्यलाई ‘ओरीन्टेशन’



रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ (नेपाल र भुटान) अन्तर्गत १,२ र ३ क्षेत्र अन्तर्गतका ५४ वटा रोटरी क्लबहरुमा रहेका नयाँ सदस्यहरुका लागी “New Members Orientation Program” सम्पन्न भएको छ ।

ललितपुर जिल्लाको सानेपा स्थित ग्रिनबिच होटलमा उक्त कार्यक्रमको आयोजना गरिएकोे थियो । सो कार्यक्रममा १,२ र ३ क्षेत्र अन्तर्गतका ५४ वटा रोटरी क्लबहरुमा आबद्ध ९० जना नयाँ रोटरी सदस्यहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा Rotary International, District 3292 (Nepal & Bhutan) को District Governor रोटरियन चिन्तामणी भट्टराई, Immediate Past District Governor रोटरियन सञ्जय गिरी, District Governor Nominee रोटरियन राजिव पोखरेल, Past District Governor रोटरियन र्थिमान शाक्य, Past District Governor रोटरियन जयाराज्यलक्ष्मी शाह र TRF Chair रोटरियन जितेन्द्र राजभण्डारी तथा District Program committee Chair रोटरियन राजेन्द्र लाल श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा Facilitator को भूमिकामा कार्यक्रम आयोजक कमिटिका सदस्यहरु रोटरियन हेमा अधिकारी, रोटरियन शम्भू आम्गाई, रोटरियन कामी शेर्पा, रोटरियन अमित गिरी र रोटरियन सन्तोष बास्तोला रहनु भएको थियो भने कार्यक्रम सञ्चालन District Membership Committee Chair रोटरियन मन्जू कार्की लामिछाने स्वयम्ले गर्नु भएको थियो । कार्यक्रममा Resource Persons लाई Program Coordinator तथा District Membership Committee Chair रोटरियन मन्जू कार्की लामिछानेले मायाके चिने प्रदान गर्नु भएको थियो भने District Membership Committee Co-Chair रोटरियन हेमा अधिकारीले Vote of Thanks प्रदान गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्