नेकपाका वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता



काठमाडौं ।
एक साता लामो विदेश भ्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् ।

घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर नेता नेपाल आज स्वदेश फर्केका हुन् । असोज ३ गते घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गएका थिए ।

असोज ४ र ५ गते सम्पन्न सम्मेलनमा भाग लिएर नेता नेपाल आज स्वदेश फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्