प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम, दिपायलबासी आक्रोसित



विमल बिष्ट, डोटी ।
प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको छ । सासंद तारालामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको ७ नम्बर प्रदेश कार्यालयले जनाएको छ । दिपायल राजधानी नतोकिएको भन्दै दिपायलका स्थानियबासी आधmोसित भएका छन् ।

भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै्र एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो । प्रदेश सभामा पेश भएको २४ घण्टा पछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथिको छलफल शुरु हुने छ । प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन् । उता प्रदेश ७ को राजधानी गोदावरी राखिएको र नाम सुदूरपश्चिम राखिएको भन्दै डोटीका स्थानिय आक्रोसित भएका छन् ।

पहिले देखीको सुदूरपश्चिमको नौ जिल्लाको क्षेत्रीय सदरमुकाम दिपायल भएको र राजधानी दिपायल हुनु पर्ने डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनु भयो । ‘क्षेत्रीय सदरमुकाम दिपायल भएको र राजधानीका लागि भौतिक संरचना पनि भएकाले दिपायल राजधानी हुनु पर्छ उहाँले भन्नु भयो ‘दिपायल राजधानी नतोकिए हामी कडा संघर्समा उत्रिन्छौ ।’

प्रतिक्रिया दिनुहोस्