पूर्वको प्रमुख पर्यटकीय गन्तव्य बन्दै जेफाले, प्रदेश सरकारको आखाँ भने पुग्न सकेन



सरोज यादव, बझाङ ।
उत्तरी मोरङको केराबारी गाँउपालिकाको सिंहदेवीमा अबस्थित जेफाले बिस्तारै नयाँ पर्यटकीय गन्तव्यका रुपमा बिकास हुँदै गएको छ । मोरङमै इलाम बिर्साउने चियाबगान, धनकुटाको भेडेटार बिर्साउने भ्यु टावर र मौसम भएकाले जेफालेमा आन्तरिक पर्यटकहरु प्रशस्त मात्रामा भित्रिन थालेका छन् ।

समुन्द्री सतहबाट १ हजार नौ सय ७० मिटर उचाईमा रहेको जेफाले डाडा मोरङ र धनकुटाको सीमामा अबस्थित छ । पर्यटकीय विकासलाई थप व्यबस्थित र सुबिधाजनक बनाउन पछिल्लो समय ६ वटा घरमा होमस्टेको सुरुवात र जेफाले डांडामा निर्माण गरिएको भ्यु टावरले पर्यटकहरुमा थप आकर्षण थपेको सामूदायिक होमस्टेका सचिब भीम ठकुरीले बताए । जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । भ्यूटावरमा पुग्न १ हजार ८५ सिँढी चढेको थकान र आलस्यता डाडामा वसेर वादल भित्र लुकामारी खेल्दै चिसो हावामा स्वास लिनुको आनन्दले छण भरमै विर्साइदिन्छ ।


आकर्षणहरु
जेफाले डाँडाँबाट पूर्वका १६ वटै जिल्ला साथै सुर्योदय,सुर्यास्त, विश्वकै अग्लो शिखर सगरमाथादेखि, गौरीशंकर, मकालु लगायत विभिन्न हिमशृङ्खला देख्न सकिनुका साथै तराईका सुन्दर फांटहरुको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ पुग्नका लागि दुई वटामुख्य मार्गहरु रहेका छन । एउटा धनकुटाको भेडेटार, डाडाबजार, राजारानी हुदै जेफाले पुग्न सकिन्छ भने पूर्व पश्चिम राजमार्गमा पर्ने मोरङको खोर्साने देखि लगभग ३७ कि.मि. उत्तर पूर्व केही डांडा काट्दै जोखिमपूर्ण यात्रा गरेपछि ४ घन्टामा सिंहदेवीको जेफाले पुग्न सकिन्छ । कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४५ फिट अग्लो चार तले भ्यु टावर १ हजार ९ सय ७० मिटर उचाईमा रहेको छ ।

तत्कालीन जिबिस मोरङको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख,पर्यटन कार्यालय काकरभिट्टाबाट २१ लाख र जनश्रमदानबाट भ्यु टावर निर्माण गरिएको हो । तराईको चर्को गर्मीमा समेत सदाबाहर चिसो भइरहने जेफालेको मौसमले आन्तरिक पर्यटकलाई लोभ्याएको छ । मौसम अनुकुलता अनुशार महिनाको १५ देखि २५ वटा टोलीसम्म जेफाले आउने गरेको ठकुरीले बताए । मोरङ भएर पनि भौगोलिक विकटताका कारण यात्रामा कठिनाई भएपनि सडकको स्तरोन्नति,सन्चार र सुरक्षाको राम्रो व्यवस्था गर्नसके जेफाले पूर्वको प्रमुख पर्यटकीय गन्तब्य बन्नेमा दुई मत छैन । सुनसरी, मोरङ र धनकुटा क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक त्यहा पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहा पुगिरहने गरेका छन् ।

प्रदेश सरकारको ध्यान पुग्न नसकेको गुनासो
जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको छ । जेफालेमा यतिका धेरै सम्भावनाहरु हुदा हुदै पनि विकासमा चासो नदिएको सचिव ठकुरीले गुनासो गरे । पर्यटन विकासको प्रशस्त सम्भावना हुदा समेत विकासमा सरकारी चासो नभएको स्थानीय बताउछन् ।

प्रदेश सरकार बनेको यतिका समय भयो ठकुरीले भने सरकारको दीर्घकालीन योजनामा प्रदेशका पर्यटकीय संभावना बोकेका क्षेत्रको पहिचान गरी तिनको विकास गर्ने भन्ने सुनेको छु ,तर आजसम्म त जेफालेमा प्रदेश सरकारले टेकेको छैन , सरकारको सहयोग विना हामी कति अघि बढन सकौला र उनले भने ? सडकको स्तरउन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था नहुनु याहाको मुख्य समस्या हो ,यसलाई सरकारले गम्भिरताका साथ लिन जरुरी छ ।

एकीकृत विकासको योजना अझै बन्न सकेन
पछिल्लो २ वर्षको अन्तरालमा जे जस्तो समस्या देखिएपनि ती चुनौतीलाई चिर्दे जेफाले पुग्नेको सख्या बढदै गएको छ । तर संभावना भएरपनि त्यसको समूचित उपयोग र त्यसक्षेत्रबाट लिन सकिने प्रतिफल भने अहिलेसम्म लिन नसकिएको स्थानीय नरबहादुर थापा मगरले बताए। प्रकृतिले हामीलाई निस्वार्थ यस्तो स्वर्ग दिएको छ, १ घण्टाको फरकमा टन्टलापुर घामललाई विर्सादै कठ्याग्रिने चिसोको महसुस याहा गर्न पाइन्छ भन्ने त हाम्रो मोरङकै धेरैलाई थाहा छैन, निरास हुदै उनले भने अब सबै मिलेर यसको समूचित प्रचारप्रसार र विकास गर्न जरुरी छ ।

सडक पूर्वाधार र संचारको समस्या समाधान गर्न यतिबेला केराबारी गाँउपालिकाले भने कम्मर कसेको छ । केराबारीदेखि जेपालेसम्मको ३९ किलोमिटर सडक मध्य ११ किलोमिटरमा तत्कालीन मोरङ जिविस र केराबारी गाँउपालिकाले ग्राभेलिङ गरीसकेको छ । बाँकी रहेको २८ किलोमिटरको सडकको लागि ८८ करोडको ठेकका लागि सकेको र अबको १ महिनापछाडि केराबारीतर्फ र जेफाले दुवै तर्फबाट सडक निमाणृको काम सुरु हुने गाँउपालिकाका अध्यक्ष रोहित कार्कीले बताए ।

गाँउपालिकाले आफनो क्षेत्र भित्र रहेका पहिचानमा आएका पर्यटकीय क्षत्रे मध्ये जेफालेलाई प्रमुख प्राथमितामा राखेको कार्कीले बताए । उनले भने जेफालेको विकास र प्रबद्धनका लागि एकीकृत योजना त बनेको छैन तर सडकका साथै टावरसँगै भगवान शिवको पूर्णकदको ठूलो मूर्ति र वायु उर्जा निकाल्ने योजनालाई गाँउपालिकाको अघि बढाईसकेको छ । कार्कीका अनुशार जेफाले डाडाबाट बायुुउर्जा निकाल्नका लागि आर्थिक वर्ष २०७५÷७६ मा त्यसको सम्भाब्यता अध्ययनका लागि १० लाख बजेट छुट्याइएको छ । जसको काम सुरु भईकेको छ । कार्कीले उर्जामन्त्री वर्षमान पुन पनि वायुउर्जाको योजनामा उत्साहित भएको र सहयोगको प्रतिबद्धता जनाएको बताए । जेफाले डाँडामा बाह्ैमास हावाको वेग एकै नासको रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्