विवाह गर्न नमान्दा नवलपुरमा एसिड प्रहार



नवलपुरँ ।
नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ।

कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो।
आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा छिमेकी रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन्।
पक्राउ परेका विमलले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन्।

वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् यमनारायण परियार हालै मात्र नेपाल फर्किएका थिए। यमनारायणले विमललाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । परियार दम्पत्तीका एक छोरा र एक छोरी छन्।

उपचारमा संलग्न चिकित्कसका अनुसार एसिडले वसन्तीको २५ प्रतिशत शरीर जलेको छ भने देब्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ। यसैगरी देब्रेतर्फ पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ।

बसन्तीको अहिले चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्