विप्लव नेतृत्वका प्रवक्ता प्रकाण्डलाई छाड्ने तयारी हुँदै



काठमाडौँ ।
विप्लव नेतृत्वका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई आज छाड्ने तयारी थालिएको छ ।

सरकारी वार्ता टोलीले पटक–पटकa पक्रदा वार्ता असहज हुने भन्दै प्रकाण्डलाई छाड्ने तयारी थालिएको हो ।

यस विषयमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को समेत ध्यानाकर्षन गराईएको सरकारी वार्ता टोलीका संयोजक सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच न्यायाधीस द्वय टंक बहादुर मोक्तान र अनिल कुमार सिंहाको ईजलासले प्रकाण्ड विरुद परेको रिट माथी सुनुवाई गर्दैछ । प्रकाण्डका भाई विरेन्द्र विश्कर्माले गत भाद्र ३१ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गराउनुभएको थियो ।
प्रकाण्डलाई सर्वाेच्चले सिहा गर्न आदेश दिँदा समेत ६ पटक भन्दा बढी विभिन्न मुद्दा लगाएर पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्