फुलेको वैंशसँगै युवराज



लोकप्रिय युवा गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा रहेको फुलेको वैंश बोलको आधुनिक गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। उक्त गीतको भिडियोलाई युवराजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा संगीत युवराज चौलागाईंकै रहेको छ भने शब्द र एरेन्ज राजन इशानको रहेको छ।
सार्वजनिक रोमान्टिक गीतको भिडियोमा गायक युवराज, गायिका अनुष्का पाठक र मोडल प्रतिभा दवाडीको साथमा सविना गुरुङ र लोकेश थापाको दमदार अभिनय र नृत्य देख्न सकिन्छ। भूषण दाहालले निर्देशन गरेको भिडियोमा सुनील क्षत्रीको कोरियोग्राफी तथा धीरजजंग शाहको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्