बलिउड निर्देशक लाजमीको निधन



बलिउड निर्देशक कल्पना लाजमीको ६४ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मृगौला क्यान्सरबाट पीडित लाजमीको धिरुभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कल्पना पेन्टर ललिता लाजमीकी छोरी र गुरु दत्तकी भतिजी थिइन्।
यथार्थवादी फिल्म निर्देशकका रूपमा चिनिने उनका फिल्महरू महिला केन्द्रित हुन्थे। उनका चर्चित फिल्महरू रुदाली, दमन, दरमियानलगायत छन्। उनले निर्देशक श्याम बेनेगलसँग सहायक निर्देशकका रूपमा बलिउडमा डेब्यु गरेकी थिइन्। उनले निर्देशन गरेको अन्तिम फिल्म चिरगी सन् २००६ मा प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्