केयूलाई विकेन्द्रीकरणतर्फ उन्मुख गराउँछु



२०४५ सालमा त्रिभुवन विश्वविद्यालय ९त्रिवि० बाट स्नाकोत्तर तह जीवविज्ञान विषयमा पढाइ पूरा गरें। त्यसपछि लगत्तै त्रिचन्द्र कलेजमा सहायक लेक्चरर भएर काम शुरू गरिसकेको थिएँ। २०४८ सालमा काठमाडौं विश्वविद्यालय ९केयू० को विधेयक पास भयो र दिवा कक्षा सञ्चालन भयो। म बिहान त्रिचन्द्र कलेज र दिउँसो भानुभक्त मेमेरियल स्कुलमा पढाउँथें। त्यति बेला काठमाडौं विश्वविद्यालय ९केयू० को केन्द्रीय कार्यालय भानुभक्त स्कुलको नजिकै अम्बिका निवासमा थियो। केयूले प्राध्यापक आवश्यकताको विज्ञापन ग¥यो मैले पनि निवेदन दिएँ। छनोटमा परें र केयूमा प्रवेश पाएँ। बिहान त्रिविमा, दिउँसो केयूमा कक्षा शुरू भएको पहिलो दिनबाटै पढाउन शुरू गरें। ३ महिनापछि मैले कृषि विश्वविद्यालय अस्ट्रियाको भियनाका लागि विद्यावारिधि छात्रवृत्ति पाएँ। त्यसपछि अध्ययनका लागि अस्ट्रिया गएँ, मन भने सधैं काठमाडौं विश्वविद्यालयमा नै थियो। म फर्केर आउँदा त्रिविमा स्थायी भएर पाटन कलेजमा सरुवा भइसकेको थियो। त्यसपछि धुलिखेल बसेर केही समय पाटन क्याम्पस पढाउन जान्थें र दिउँसो काठमाडौं विश्वविद्यालय आउँथें। यो क्रम लामो समय सम्भव नभएपछि मैले केयू नै रोजें। केयूको स्थापनाको पहिलो दिनबाटै सेवा शुरू गर्नुभएका प्राडा सुबोध शर्मा, काठमाडौं विश्वविद्यालयको चौथो रजिस्ट्रारका रूपमा नियुक्ति पाउनुभएको छ। उहाँसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिना र मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप ः

केयू नै किन रोज्नुभयो त ? 
मेरो रुचि बढी अनुसन्धानमा हुन्थ्यो। पाटन क्याम्पसमा त्यस्तो वातावरण थिएन। पठनपाठन राम्रो र विद्यार्थी धेरै भए पनि त्यति बेला त्रिविमा राजनीतीकरणले अनुसन्धानकर्ताहरू पहिचानविहीनको अवस्थामा थिए। तत्कालीन सानोठिमीस्थित विज्ञान तथा प्रविधिका डीन, त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि गरेका अनुसन्धानमा रुचि राख्नेहरूलाई काठमाडौं विश्वविद्यालय उपयुक्त हुने सुझाव पाएपछि एकोहोरो यता लागेको हुँ। केयूमा अनुसन्धानमा रुचि राख्ने प्राध्यापकलाई प्रोत्साहन गर्ने र शिक्षाको गुणस्तर बनाइराख्न शिक्षण संस्थालाई राजनीतिबाट अलग राख्नुपर्छ भन्ने मात्र सुनिन्थियो। त्यसैले तत्कालीन उपकुलपति प्राडा सुरेशराज शर्माले मलाई धेरैपटक प्रशासनिक सेवाका लागि प्रोत्साहित गरिरहनुहुन्थ्यो। तर, मेरो प्राथमिकता प्रशासनिक सेवा नभएकाले अहिल्यै आउने बेला भएको छैन भनी पन्छाउँथें। प्रशासनिक सेवामा भन्दा म सहायक प्रोफेसरबाट एसोसियट र त्यसपछि प्रोफेसर हँुदै, आफ्नै विभागका समकक्षी साथीहरूलाई विद्यावारिधि गराउने यज्ञमा होमिएँ। क्रमशः विद्यार्थी कल्याणमा निर्देशकको जिम्मेवारी लिँदै विभागीय प्रमुखको जिम्मेवारी आयो, त्यो पनि सम्हालें। गत वर्ष स्कुल अफ साइन्सको डीनको अफर आयो त्यसलाई पनि सहर्ष स्वीकारें। डीनको जिम्मेवारी सम्हालिसकेपछि भने सहकर्मी साथीहरूकै सल्लाह शिरोधार्य गरी अब प्रशासनिक सेवाको समेत जिम्मेवारी सम्हाल्नुपर्ने महसुस भयो। सधैंभरि अनुसन्धान मात्र भनेर बसेर सम्भव पनि नहुने रहेछ। जीवनमा अनेकौं मोड आइरहने रहेछ। हरेक मोडमा आवश्यकता र कथाले मागेअनुसार कलाकारले जस्तै भूमिका निभाउँदै जानुपर्ने रहेछ। त्यही भूमिका निभाउँदै यहाँसम्म आइपुगेको छु।

रजिस्ट्रारको समेत भूमिका निर्वाह गर्नुपर्ला भनी यसअघि कहिल्यै सोच्नुभएको थियो ? 
सोचेको त थिइनँ। तर, अहिले आएर विश्वविद्यालयले मलाई रजिस्ट्रारको भूमिका समेत तपाईंले नै निर्वाह गर्नुपर्छ भन्दै जिम्मेवारी दिइयो। मेरो डीनको म्याद त अझै २ वर्ष बाँकी नै थियो। विश्वविद्यालयले रजिस्ट्रारमा मेरो प्रस्ताव कुलपति अर्थात् प्रधानमन्त्री समक्ष पठाएको रहेछ। कुलपतिज्यूबाट प्रस्ताव स्वीकृत भएर आएपछि सेप्टेम्बरको १७ तारिखमा मलाई रजिस्ट्रारमा नियुक्ति गरियो। त्यसपछि सेप्टेम्बर १८ अर्थात् आश्विन २ गतेबाट मलाई नियुक्तिपत्रसहित विधिवतरूपमा रजिस्ट्रारको जिम्मेवारी सुम्पियो।

यति लामो समयको अनुभव, संघर्ष र निरन्तरतापछि प्राप्त यो सफलताले कस्तो अनुभूति भइराखेको छ त ?
लामो समयसम्म काठमाडौं विश्वविद्यालयको सेवामा समर्पित मेरो अनुभव र क्षमतालाई मूल्यांकन गरेरै मलाई यो जिम्मेवारी सुम्पेको महसुस भइरहेको छ। तसर्थ आगामी दिनमा विश्वविद्यालय र सबै कर्मचारीको हित हुने गरी यो विश्वविद्यालयलाई राष्ट्रमा मात्र हैन अन्तर्राष्ट्रिय जगत्मै अब्बल दर्जाको विश्वविद्यालय बनाएर चिनाउने अठोट लिएको छु। यति हुँदाहुँदै पनि अहिले नेपालभित्रै स्तरीय विश्वविद्यालय भए पनि पढाइको वातावरण नभएको भन्दै विद्यार्थी विदेशमा अध्ययन गर्न जाने क्रम बढ्न थालेकाले नेपालमा विद्यार्थी संख्या घट्दै गएको छ। विदेशी विश्वविद्यालयहरू नेपालमा आएर विद्यार्थीलाई होटलहरूमा कार्यक्रम राख्दै त्यहीं विद्यार्थी भर्ना लिएर नेपाली विद्यार्थीलाई बाहिर लाने गरेका छन्। यसलाई तत्कालै रोक्न सकिएन भने भविष्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ।

यसलाई कसरी रोक्न सकिन्छ त ?
अब विश्वविद्यालयहरूले पुरानो ढर्रा र तरिकाले पठनपाठनमा मात्रै जोड दिएर नेपालमा विश्वविद्यालयहरू जीवन्त रहन सक्दैनन्। अब हामी फरक तरिकाले अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ। यस विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजू श्रेष्ठ अत्यन्त सिर्जनशील र निकै ऊर्जाशील हुनुहुन्छ। विदेशमा समेत लामो अनुभव हासिल गरी आउनुभएका उहाँसँग काम गर्दा धेरै कुराहरू सिकिन्छ होला भन्ने लागेर पनि मैले रजिस्ट्रार पदलाई सहर्ष स्वीकार गरेको हुँ। हाम्रो सहकार्यले विश्वविद्यालयलाई धेरै माथि लान सकिने सम्भावना देखेको छु।

लामो समयदेखि यही विश्वविद्यालयमा रहेर काम गर्नुभएकाले अब केयूलाई कसरी र कस्तो योजना बनाएर अघि बढाउने तपाईंको सोच छ ?
काठमाडौं विश्वविद्यालय २५ वर्ष पूरा गरेर २६ वर्षमा प्रवेश गरिसकेको छ। यति बेलासम्म अग्रजहरूले थुप्रै राम्रा काम गर्नुभएकाले विश्वविद्यालय सफलताकासाथ यहाँसम्म आइपुगेकोमा कुनै दुविधा छैन। तसर्थ यस अपूर्व योगदानका लागि म सर्वप्रथम सबै अग्रजमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। अब आगामी दिनमा हामीले अझै केही नयाँ सोच र शैलीका साथ विश्वविद्यालयलाई अगाडि बढाउन सकेनौं भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामी पछाडि पर्छौं कि भन्ने डर छ। विश्वविद्यालयको अर्गनाइजेसन स्ट्रकचरलाई समयानुकूल परिवर्तन गरी चुस्त बनाउँदै लैजानुपर्छ। चुस्त बनाउने भन्नाले काठमाडौं विश्वविद्यालयअन्तर्गत हाल रहेका ७ वटा स्कुल ९संकाय० लाई विकेन्द्रीकरणतिर उन्मुख गराउँदै लाने हो। यसो गरेको खण्डमा स्कुलको डीन र डीनको मातहतमा काम गर्ने विभागीय प्रमुखले आफूलाई बढी जिम्मेवार महसुस गर्नुहुन्छ। त्यो विकेन्द्रीकरणतर्फ उन्मुख हुनु अनिवार्य भइसकेको छ। विश्वविद्यालयका कुनै पनि विषय राजनैतिक होस् या आर्थिक त्यसलाई केन्द्रिकृत गरियो भने प्राध्यापकहरूले विद्रोह गर्न सक्ने सम्भावना हुन्छ। हरेक प्राध्यापकलाई परीक्षा प्रणालीदेखि लिएर आर्थिक, प्राज्ञिक सबै विषयमा स्वतन्त्रता दिँदै जानुपर्छ र त्यो स्वतन्त्रतालाई उहाँहरूले जिम्मेवारीपूर्ण तरिकाले निर्वाह गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास पनि छ। मेरो कार्यकालमा यो काम अवस्य पनि पूरा हुनेछ।

अहिले विश्वविद्यालयमा उठिरहेको पारदर्शिताको विषयलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ ?
प्राध्यापक, कर्मचारीहरूले पारदर्शिता अझै बढाउँदै लानुपर्छ भन्ने विषय अघि सार्नुभएको छ। पारदर्शिता भनेको प्राध्यापक, कर्मचारीहरूको बढुवाका विषयहरू, दरबन्दीका विषयहरू आउँछ। दरबन्दीमा बढुवा गर्दा कुन–कुन सर्त ९क्राइटेरिया० अपनाइन्छ भन्ने कुरा निर्देशिकामार्फत सबैको पहँुचमा पु¥याउनुपर्छ। त्यसले गर्दा सबैलाई थाहा होस् कि आफू कुन तहमा छु र कुन तहमा पुग्नलाई आफूले के–के गर्नुपर्छ रु त्यसो हुन सक्यो भने मात्र कसैले कसैलाई दोष लगाउने ठाउँ हुँदैन र पूर्णरूपमा पारदर्शिता पनि हुन्छ।

स्वदेश र विदेशका विश्वविद्यालयहरूको सिकाई विधि पुरानो शैलीको भयो भनिन्छ नि ?
सरसर्ती हेर्दा देशभित्र र छिमेकी देशका विश्वविद्यालयहरू हेर्ने हो भने धेरै नै परम्परागत तरिकाले गइरहेका छन्। तपाईंहरूले ठीक कुरा उठाउनुभयो। शिक्षकले पढाउने, विद्यार्थीले पढ्ने र डिग्री हातमा दिएर दीक्षित गरेर पठाइदिने। दीक्षित विद्यार्थीले के गरिरहेका छन् त्यसको लेखाजोखा राख्न सकिएको छैन। काठमाडौं विश्वविद्यालयले पनि हाम्रा दीक्षितहरू कहाँ गए र के गरिरहेका छन् भनी सोधखोज गरेजस्तो लाग्दैन। यसका लागि अल्मुनाइहरूलाई सशक्त बनाउँदै लैजानुपर्छ। यतिमात्र नभई हाम्रा विद्यार्थी दीक्षित भएर जाँदा प्रमाणपत्रसँगै सीपसमेत सिकेर जान सक्षम हुनुपर्छ र बनाउनुपर्छ। त्यही उद्देश्यले काठमाडौं विश्वविद्यालयले स–साना आइडियाजका लागि इनोभेसन सेन्टरहरू खोल्दै लगिएको ज्वलन्त उदाहरण हामीसँग छ। हामीले निकालेको उत्पादन गुणस्तरीय हुनुपर्छ।

विद्यार्थीले हामीबाट सिकेका सीपले भविष्यमा रोजगारका लागि भौंतारिनु नपर्ने र उनीहरूले अरूलाई समेत सिकाएका कुराले रोजगारी पाउन सक्ने क्षमताका विद्यार्थीको उत्पादन गर्न सक्नुपर्छ। मेरो ४ वर्षको पहल त्यसमै केन्द्रित हुन्छ।

कहिलेकाहीं प्राध्यापक र विद्यार्थीको पनि असन्तुष्टि आउने गर्छन् रु यी विषयलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
विश्वविद्यालयका प्राध्यापक सन्तुष्ट हुनुभनेको त मृत विश्वविद्यालयमा मात्र सम्भव हुन्छ। प्राध्यापकको असन्तुष्टिले विश्वविद्यालयलाई चलायमान गराइराख्छ। हामीले यसलाई सकारात्मकरूपमा लिनुपर्छ। प्राध्यापकले उठाएका विरोधका स्वरहरू विश्वविद्यालयको भलाइका लागि गरिएका हुन् कि नितान्त व्यक्तिगत स्वार्थका लागि भन्ने कुरा जिम्मेवार पदधारण गरेका पदाधिकारीहरूले केलाउन सक्ने क्षमता हुनुपर्छ। केयू सानो विश्वविद्यालय भएको हुनाले यहाँ प्राध्यापक सबैले सबैलाई चिन्छन्। उहाँहरूले पूरा गर्नुभएको जिम्मेवारीअनुसार समय–समयमा उचित मूल्यांकन हुनुपर्छ। सबैलाई पदाधिकारी बनाउन सम्भव हुँदैन। कहिलेकाहीं सबैले जिम्मेवारी पाउनुपर्ने कुराले मात्र असन्तुष्टि पैदा हुने गर्दछ। तर, पारदर्शीरूपमा सबैको उचित मूल्यांकन गर्दै जाँदा यस्तो समस्या स्वतः समाधान हुन्छ।

यस्तो हुन नदिन सजिलो उपाय के छ त ?
यसका लागि अर्को एउटा योजना पनि ल्याउनुपर्छ जस्तो लाग्छ। केन्द्रमा मात्र कार्यक्रम राख्नुभन्दा सबै क्षेत्रमा आंगिक क्याम्पसहरूको विस्तार गर्दै जाने र वरिष्ठ प्राध्यापकहरूलाई त्यहाँको जिम्मेवारी दिनुपर्छ। प्राध्यापकको हकमा क्षमताका आधारमा कार्यक्षेत्रको विस्तार गर्नुपर्छ। सानो ठाउँमा कार्यक्षेत्र विस्तार गर्न गाह्रो हुन्छ। विद्यार्थीले ठूलो आकांक्षा लिएर केयूमा प्रवेश परीक्षा दिएका हुन्छन्। चाहँदाचाहँदै पनि सबैलाई समेट्न सकिरहेका हुँदैनन्। विशेष गरी फार्मेसी, कम्प्युटर साइन्सका विषयमा विद्यार्थीको आकांक्षा धेरै देखिएको छ। अरू विषय बेसिक साइन्समा केयूले निर्धारण गरेको शुल्क तिरेर आउने सम्भावना कम छ। एप्लाइङ साइन्स विषयमा तोकिएको शुल्क तिरेर आउँनेहरू धेरै छन्। बेसिक साइन्समा शुल्क समायोजनका लागि सरकारले लगानी र छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ। यस्तो गर्न सकिए केयूले बेसिक साइन्सलाई सोचेअनुरूप बढावा दिँदै जान मद्दत मिल्छ। बेसिक साइन्सबिना अन्य साइन्सको आधार नै तय हुन्न। केयूमा आउने विद्यार्थी निकै मेहनती र ताज पहिरिएर बाहिर जान पाएकोमा मख्ख हुने खालका हुन्छन्। यिनै विद्यार्थीलाई भविष्यमा थप जिम्मेवार बनाउँदै लैजानुपर्ने ठूलो चुनौती पनि छ।

भर्नाकै समयमा मात्र विश्वविद्यालयमा देखिने उतार–चढावलाई कसरी व्यवस्थापन गर्न सकिएला ? 
यो समस्या भनेको माग र आपूर्तिमा समान भएन भने आउने समस्या हो। विश्वविद्यालयले मागअनुसारको पूर्ति गर्न सकिरहेको अवस्था छैन। यति बेला भइरहेको संरचनाले पनि माग पूरा गर्न सकिने अवस्था छैन। यसका लागि सबै कार्यक्रम धुलिखेलमा मात्र केन्द्रित गर्न सकिन्न। ४ वर्षको अवधिमा गर्नुपर्ने एउटा महŒवपूर्ण काम भनेको शैक्षिक कार्यक्रम एक सिफ्टमा मात्र नभएर दुई सिफ्टमा चलाउने हो। यो कार्यक्रमले काठमाडौं विश्वविद्यालयमा पढ्न इच्छुक धेरै विद्यार्थीलाई समेट्न सकिएला कि भन्ने विश्वास मात्र हो। सकेसम्म धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्न प्रयत्न गर्नेछौं।

पछिल्लो समयमा विश्वविद्यालयले मेडिकल कलेजलाई मात्र ध्यान दिँदा कलेजको विस्तार त भयो तर, गुणस्तरमा भने कमी आयो भन्ने गुनासा आउन थालेका छन् नि ? 
केयूले मेडिकल विषयलाई नै प्राथमिकतामा राखेको कुरा साँचो हो। विश्वविद्यालयको स्थापना र उद्देश्य नै एउटै कम्पाउन्डभित्र विज्ञान र प्रविधिका विषयमा आवासीयरूपमै गुणस्तरीय शिक्षा दिने लक्ष्य लिएकै हो। यो भनेको विदेशी विश्वविद्यालयहरूले दिएजस्तै शिक्षा दिएर हाम्रा विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्ने लक्ष्य हो। नेपाली कामदार विदेश पलायन हुँदा विकास निर्माणका काम गर्न क्षमता नभएका कन्ट्र्याक्टरहरूलाई नै कन्ट्र्याक दिनुपर्ने बाध्यता छ। यो बाध्यताको प्रमुख कारण त्यो तहका अरू नहुनु नै हो। यसमा पनि अभिभावक र विद्यार्थीको छनोटले निर्धारण गर्ने कुरा हो। कतिपय अवस्थामा विश्वविद्यालयले प्राथमिकतामा राखेका विषय विद्यार्थीका रुचिका विषय नहुन पनि सक्छ। अझै पनि हाम्रो लक्ष्य भनेको पलायन हुन लागेका विद्यार्थीलाई नेपालमै राख्नु अथवा रोक्नु हो। मेडिकल
साइन्सले धेरै विद्यार्थीलाई पलायन हुनबाट रोकेको पनि छ।

विद्यार्थी रोक्ने लक्ष्य छ भनिरहँदा अझै पनि विद्यार्थीलाई रोक्न सकिएको पाइन्न कसरी रोक्ने त ?
संसार एउटै पृथ्वी हो। सकभर नेपालको उत्पादन नेपालमै राख्नुपर्छ भने लक्ष्य राख्नुपर्छ। यसका लागि नेपाल सरकारले रोजगारीको अवसर बढाउनुपर्छ। केयूले पनि विद्यार्थीलाई दीक्षित भएर पठाउँदा पनि प्रमाणपत्र मात्र हैन सीप पनि सिकायौं भने ती विद्यार्थी यहीं नै रोजगारीतर्फ केन्द्रित हुन्छन्। यो काठमाडांै विश्वविद्यालयले राख्नुपर्ने दूरगामी सोच पनि हो।

केयूको गुणस्तरमा कमी आएको भनिन्छ नि ?
गुणस्तर कमी भएको कुरालाई म स्वीकार्दिनँ। गुणस्तर भन्ने विषय केसँग दाँज्ने। विश्वविद्यालयले आफ्नो गुणस्तरलाई कुन विश्वविद्यालयसँग दाँज्ने भन्ने हो। केयूको गुणस्तर असाध्य राम्रो छ भनेर अभिभावकले आफ्ना छोराछोरी पठाउने गर्नुभएको छ। यहाँ हाम्रा प्राध्यापक र पदाधिकारीहरूले गुणस्तर पुगेन है भन्ने गुनासो नगरेका होइनन्। यस्ता गुनासाहरू गुणस्तर बढाउनकै लागि भइरहेका हुन्छन्। जुन दिन हामीले यो चर्चा परिचर्चा बन्द गर्छौं त्यो दिनदेखि गुणस्तर खस्कँदै गएको भन्ने बुभ्mनुपर्ने हुन्छ।

पछिल्लो चरण केयूमा राजनीति प्रवेश गरेको चर्चाले प्रशस्तै स्थान पाएको छ रु यसले विश्वविद्यालयप्रति हेर्ने दृष्टिकोणमा अलि फरक आएको हो ?
विश्वविद्यालयमा राजनीति गर्नुहुन्न भन्ने कुरा देशका प्रधानमन्त्री तथा कुलपति केपी ओलीले पनि स्वीकार्नुभएको छ। यस मामिलामा काठमाडौं विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा फरक छ। केयूमा राजनीति नगर्ने सोचका साथ विशुद्ध शैक्षिक ज्ञानका लागि मात्र आउने विद्यार्थी धेरै हुन्छन्। राजनैतिक चेतनाको आधारमा विश्वविद्यालयको पठनपाठन नै बिगार्ने उद्देश्यले यहाँ विद्यार्थी आएका छैनन् र भविष्यमा पनि आउला जस्तो लाग्दैनन्। यसमा हामीले गर्व गर्नुपर्छ।

यसपटक पनि सम्बन्धन बढाउने कुरा छ कि ? 
राजनीतिबाट यस विश्वविद्यालयलाई टाढै राख्नु आवश्यक छ। सम्बन्धनको राजनीतिले विश्वविद्यालयको गुणस्तरमा समेत ह्रास ल्याउने काम गर्छ। सम्बन्धन भनेको आयमूलक हुन्छ त्यसैले सम्बन्धन हैन आंगिक क्याम्पसका रूपमा यसलाई विस्तार गर्नुपर्छ भन्ने मेरो धारणा छ।

कुलपतिको ऐन संशोधनको प्रस्ताव ल्याउनु, निवर्तमान रजिस्ट्रारले राजीनामा दिनुलाई यहाँले कसरी लिनुभएको छ ?
विश्वविद्यालयको २५औं वर्षगाँठ मनाउँदै गर्दा विश्वविद्यालयको कुलपतिले नै प्रधानमन्त्री कुलपति राख्नुहुन्न भन्नुका कारण सबै विश्वविद्यालयमा पुग्न समय अभावले प्रधानमन्त्रीलाई नभ्याइने र नेपाल सरकारले बजेट दिएर नभई विश्वविद्यालयहरू आफैं चल्न सकुन् भनेर हुन सक्छ। वास्तवमा यो प्रधानमन्त्रीको दूरगामी सोच पनि हो। निवर्तमान रजिस्ट्रारले पहिलो कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएको हो र दोस्रो कार्यकालको यो अवधिमा आएर विश्वविद्यालयभित्र केही मतभिन्नता आएपछि दिनुभएको राजीनामालाई हामीले त्यति ठूलो विषय मान्नु पनि हुन्न।

अन्तमा पाठकलाई भन्न अझै कुरा छुटेको जस्तो लागिरहेको छ कि ?
तपाईंहरूले पहिले नै यति धेरै कुरा सोधिसक्नुभएको छ कि त्यस्तो छुटे जस्तो त केही लाग्दैन। काठामाडौं विश्वविद्यालय राष्ट्रको पहिचान मात्र नभई यसले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइसकेका कारण विदेशी विद्यार्थीसमेत यहाँ अध्ययन गर्न लालायित हुने गरेका छन्। तसर्थ यस विश्वविद्यालयबाट नेपाल र नेपालीले पनि धेरै कुरा सिक्न सक्छन् भन्ने लाग्छ। यसको गुणस्तरीयतालाई अझै बढाउँदै लानु मेरो सबैभन्दा ठूलो प्राथमिकता हुनेछ। यो चुनौतीलाई पार गर्न मेरो काँधमा पनि ठूलो जिम्मेवारी आएको छ। म विश्वविद्यालयसँग सम्बन्धित सबै प्राध्यापक र कर्मचारीको साथ लिएर बलियो टिमवर्कसहित यो चुनौतीलाई पार गर्न दृढ संकल्पित भएर लागिपर्ने छु।

देशभित्र र छिमेकी देशका विश्वविद्यालयहरू हेर्ने हो भने धेरै नै परम्परागत तरिकाले गइरहेका छन्। तपाईंहरूले ठीक कुरा उठाउनुभयो। शिक्षकले पढाउने, विद्यार्थीले पढ्ने र डिग्री हातमा दिएर दीक्षित गरेर पठाइदिने। दीक्षित विद्यार्थीले के गरिरहेका छन्, त्यसको लेखाजोखा राख्न सकिएको छैन। काठमाडौं विश्वविद्यालयले पनि हाम्रा दीक्षितहरू कहाँ गए र के गरिरहेका छन् भनी सोधखोज गरेजस्तो लाग्दैन। यसका लागि अल्मुनाईहरूलाई सशक्त बनाउँदै लैजानुपर्छ। यति मात्र नभई हाम्रा विद्यार्थी दीक्षित भएर जाँदा प्रमाणपत्रसँगै सीपसमेत सिकेर जान सक्षम हुनुपर्छ र बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्