माहिका र प्रेरणा उपाधि निकट



काठमाडौं, (नेस)
वर्सेटेनर ललितपुर जिल्ला रािष्ट्रय टेनिस प्रतियोगिता अन्तर्गत महिला सिंगल्समा माहिका राणा र प्रेरणा कोइराला उपाधिनिकट पुगेका छन् ।
सातदोबाटोिस्थत टेनिस कोर्टमा सोमबार भएका सेमिफाइनल खेलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ ले पराजित गरिन् । अर्को सेमिफाइनल खेलमा प्रेरणा कोइरालाले मायंका राणालाई ३–६, ७–६ र ६–४ ले हराइन् । पहिलो सेट हारेर पनि जित हात पार्दै प्रेरणाले उपाधिको लागि माहिकासँग खेल्ने पक्का गरेकी हुन् ।

पुरुष सिंगल्सतर्फ निक रासट्रप सहजै अन्तिम चारमा पुगे । निकले आफ््ना प्रतिद्वन्द्वी निसान श्रेष्ठलाई ६–० र ६–० सेटले ह्वाइटवास गरेका थिए । अर्को क्वार्टरफाइनल खेलमा प्रदीप खड्काले नविन मगरलाई ६–३ र ६–२ ले पन्छाएर अन्तिम चारमा पुगे। यसैगरी जितेन्द्र परियार र सन्तोष खत्रीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्। जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–६ को सेटले हराउँदा सन्तोषका प्रतिद्वन्द्वी महेस श्रेष्ठ रिटायर्ड हर्ट भएका थिए।

त्यस्तै पुरुष र महिला डबल्सका सेमिफाइनल खेलहरू हिजै सम्पन्न भएका थिए । जसमा पुरुषमा सन्तोष खत्री र जितेन्द्र परियार तथा कमल भण्डारी र प्रणव खनालको जोडी फाइनल पुग्न सफल भएका थिए । सन्तोष र जितेन्द्रको जोडी ६–२ र ५–० को सेटको अग्रतामा हुँदा महेस श्रेष्ठ र मनोज राणाले खेल परित्याग गरे । महेशले सिंगल्स खेल पनि छाडेका थिए। अर्को खेलमा कमल र प्रणवले प्रदीप खड्का र नविन मगरलाई ४–६, ६–३ र १०–८ ले पन्छाए ।

महिलातर्फ राणा दिदि बहिनी माहिका र मायंकाले एनी माथेमा र प्रेरणा कोइरालालाई ६–४ र ६–० ले हराएका थिए । त्यस्तै अभिलाषा विष्ट र आइरा रावतले अश्लेशा लिसानेभिच र क्याथेरिना माथेमाको जोडीलाई हराउन ३ सेट खेल्नुपरेको थियो ।

प्रदीप खड्का सट प्रहार गर्दै । तस्वीरः उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्