जापानका दुई रोवर छुद्रग्रहमा सफल अवतरण



टोक्यो (एजेन्सी)
विज्ञानको क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गर्दै जापानको अन्तरिक्ष एजेन्सी जासाले दुईवटा साना रोवरलाई पृथ्वीबाट लाखौं माइल दुरीमा रहेको एक छुद्र ग्रहमा सफलतापुर्वक अवतरण गराएको छ ।

दुबै रोवर राम्रो अवस्थामा छन् । जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले ट्विट गरेको छ । ती रोवरहरुलाई हायाबुसा २ अन्वेषक यानले लिएर गएको हो । उक्त यान गत जुनमा र्युगु छुद्रग्रह नजिक पुगेको थियो । त्यतिबेला देखि नै उक्त अन्तरिक्ष चट्टानको नजिक रहेका उनीहरु उक्त छुद्रग्रहका रोवर अवतरण गर्न नमुना संकलनका लागि अन्वेषण तथा सर्वेक्षण गर्ने कार्यमा सक्रिय रहेका थिए ।

सन् २०१४ मा पृथ्वीबाट प्रस्थान गरेको हायाबुसा २ लाई २० करोड माइल दुरीमा रहेको लक्ष्य भेटाउन ४२ महिना लाग्यो । महत्वाकांक्षी अभियानले सप्ताहन्तमा एक महत्वपुर्ण कदम उठाए र हायाबुसा २ को मिनर्भा–२–१ले अवतरण स्थलमा रोवर–१ ए र रोवर–२ बीलाई पठाउनु अगाडी ९ सय मिटर फराकिलो छुद्रग्रहको करिब ६० मिटर भित्रसम्म पुगेको थियो ।


ती दुई रोवरले उनीहरुको वरवरको क्लोजअप तस्वीर खिँच्न केही समय खर्चेका थिए । उनीहरुले उक्त चट्टान सतहको तापक्रम पनि मापन गरेका थिए ।

अभियानका क्रममा ती रोवरहरुले र्युगुको ंरचनाको पनि अध्ययन हुने बताइएको छ । यसले हाम्रो सौर्य प्रणालीमा पृथ्वी र अन्य ग्रह निर्मांणका नयाँ रहस्यहरु वैज्ञानिकहरुले हात पार्न सक्ने बताइएको छ ।

ती दुई रोवर बेलनाकार र सानो आकार मात्र ७ सेमी उचाई र १८ सेमी ब्यासका छन् । मंगलग्रहमा विचलन गरिरहेका बाहन जस्तो यसमा पांग्रा प्रयोग गरेको छैन । छुद्रग्रहको न्युन गुरुत्वाकर्षणले गर्दा वरपर विचरण गर्न थप सहज हुने आशा गरिएको छ , त्यसैले वैज्ञानिकहरुले दायाँबायाँ विचरणका लागि प्रत्यक रोवरमा मोटरवाट चल्ने भित्री रोटर प्रयोग गरेका छन् ।

गामी केही हप्तामा मोबाइल एस्टेरोइड सर्फेस स्काउट (मस्कट) पनि उक्त छुद्र ग्रहको अन्वेषण गर्नेछ । जर्मन एरोस्पेस सेन्टर र फ्रेन्च स्पेस एजेन्सी सीएनइएसले विकास गरेको मस्कट २९ दशमलव ५ सेमी गुणा १९ दशमलव ५ सेमी रहेको छ । आगामी अक्टोबरमा उक्त अन्तरिक्ष वलयमा अवतरण गर्ने क्रममा मस्कटले अन्य कुरासँगै त्यसको सतह संरचना र चुम्बकिय गुणको जाँच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्