माल्दिभ्सको राष्ट्रपतिय चुनावमा विपक्षी सोलिहलाई सफलता



माले,(एजेन्सी)
नाटकिय ढंगले विपक्षी उम्मेदवार इव्राहिम मोहमद सोलिहले सत्तारुढ राष्ट्रपति अब्दुल्लाह यामिनलाई माल्दिभ्सको राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका छन् । उनले यस सफलताका लागि प्रान्तिय परिणाममा १ लाख ३४ हजार ६ सय १६ मत हासिल गरेका छन् ।

यामिनले भने ९६ हजार १ सय ३२ मत मात्र हासिल गरेका छन् । रमणिय टापुहरु मिलेर बनेको तथा विश्वकै सबैभन्दा आकर्षक पर्यटकिय गन्तव्य मध्ये एक मानिने माल्दिभ्सका राष्ट्रपति यामिन माथि आफ्ना विपक्षी राजनीतिक समुहलाई दमन गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।
उनले चुनावी परिमाण स्विकार गर्दै औपचारिक रुपमा पराजय स्विकार गरेका छन् । माल्दिभ्स प्रतिद्वन्द्वी राष्ट्र चीन र भारतको प्रमुख राजनीतिक युद्ध भुमि सावित भएको छ । चुनाव जितेका सोलिह भारत समर्थित र यामिन भने चीन पक्षका रहेका छन् ।

संयुक्त राज्य अमेरिका र भारतले सोलिहको चुनावी सफलताको स्वागत गरेका छन् । हिन्द महासागरमा केहि वर्ष यता मात्र प्रवेश गरेका चीनलाई यामिनले माल्दिभ्ससंग नजिकाउन महत्वपुर्ण भुमिका खेलेका थिए । यामिनको शासनकालमा थुप्रै विपक्षी राजनीतिज्ञहरुलाई जेल चलान गरिएको थियो ।

फलस्वरुप अमेरिका र युरोपेली संघ ( इयु ) ले यस निर्वाचन अघि नै यदि प्रजातान्त्रिक माहोलमा सुधार नआएको खण्डमा माल्दिभ्स माथि नाकावन्दि लगाउने चेतावनी दिएका थिए । आइतवार सम्पन्न यस चुनावको नतिजा घोषण हुने वित्तिकै खुशीयाली मनाउन सडकमा ओर्लेका सोलिहका समर्थकहरुले नारावाजी गरेका थिए ।

इवुको उपनामले बढि चिनिने सोलिहले राजधानी मालेमा माल्दििभ्सका जनताले परिवर्तन , शान्ति र न्याय चाहेको पत्रकारहरुलाई बताएका छन् । सोमवार सरकारी टेलिभिजन मार्फत राष्ट्रको नाममा समबोधन गर्दै यामिनले आफुले सोलिहलाई बधाई एवं शुभकामना दिइसकको बताएक छन् ।

अर्को पाँच वर्षिय कार्यकालका लागि यामिनले चुनाव जित्ने व्यापक आशा गरिएको थियो । केहि निर्वाचन पर्यवेक्षकहरुले ८९ प्रतिशत मत खसेको यस चुनावमा यामिनको पक्षमा निकै धाँधली भएको समेत दावी गरेका छन् । तर माल्दिभ्सको विदेश मन्त्रालयले भने मतदान र मत गणना प्रक्रियाको दौरान कुनै अनियमितता नदेखिएको स्पष्ट पारेको छ ।

सोलिहले एमडिपि, जुमरुही पार्टी र अधालाथ पार्टी सम्मिलित संयुक्त विपक्षी गठबन्धनबाट राष्ट्रपतिय चुनावका लागि उम्मेदवारी दिएका थिए । उनी सन् २०११ देखि एमडिपिका तर्फबाट संसदिय नेता रहँदै आएका हुन् ।
सन् २०१२ मा यामिनद्वारा अपदस्थ तथा निर्वासित पुर्व राष्ट्रपति मोहमद नासिदले टिवटर मार्फत सोलिहले माल्दिभ्सका जनताकालागि अत्यनतै राम्रो सेवा दिएको भन्दै तारिफा गरेका छन् ।

भारतको विदेश मन्त्रालयले पनि सोलिहको चुनावी जितलाई प्रजातान्त्रिक मुल्य र मान्यताको जितको संज्ञा दिएको छ । केहि वर्ष यता यहाँ राजनीतिक अस्थिरता व्याप्त रहँदै आएको छ । गत फेब्रुअरीमा सर्वोच्च अदालतले पुर्व राष्ट्रपति मोहमद नासिद लगायत लगायत विपक्षी राजनीतिक खेमाका नौ जना नेता माथि लगाइएको अभियोग रद्ध गरेको थियो । नासिदलाई सन् २०१२ मा पदच्युत गरिएको थियो ।

तर राष्ट्रपति यामिनले त्यतिवेला संकटकाल लागु गर्दै दुईजना न्यायधिशलाई गिरफतार गर्ने आदेश दिएपछि अदालतले पुन निर्णय उल्ट्याएको थियो १ हजार १ सय ९२ वटा टापु रहेको माल्दिभ्सको अर्थतन्त्र पुर्ण रुपमा पर्यटन व्यवशायमा निर्भर रहेको छ । तर बढ्दो जलवायु परिवर्तन समस्याको कारण कुनै पनिबेला यो मुलुक सागरमा डुब्न सक्ने भएकले यहाँका चार लाख जनसंख्या खतरामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्