चीनद्वारा अमेरिकासँगको सैन्य अभ्यास रद्द



बेइजिङ (एजेन्सी)
अमेरिका र चीनबीच ब्यापार युद्धलाई लिएर दुई देशको सम्बन्ध तनावपुर्ण बनेको छ । ट्रम्प प्रशासनद्वारा लगाइएको पछिल्लो २ खर्ब डलरको चिनियाँ सामान माथिको अतिरिक्त शुल्क सोमबारबाट लागु भएको छ ।

एक अर्काको उत्पादनमाथि कर लगाएपछि चीनले अमेरिकी राजदुतलाई गत हप्ता बोलाएर यस विषयमा छलफल गरेका थिए । त्यहीबेला चीनले अमेरिकासँग हुने भनिएका सैन्य अभ्यास पनि रद्द गरेको छ । चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उक्त जानकारी उल्लेख गरिएको छ ।

चीनका विदेश मन्त्रालयले भनेको छ– चीनका नौसैनिक प्रमुख सिन जिन लांगलाई पनि अमेरिका भ्रमणबाट फिर्ता बोलाएको छ । अर्को हप्ता चीन र अमेरिकाबीच हुने भनिएको वरिष्ठ सैन्य अधिकारी बीचको वार्ता पनि हाललाई रद्द गरिएको छ ।

विज्ञप्तीमा चीनका सेनासँग बिना विस्तृत जानकारी साझा गरी भविष्यमा पनि थप कदम उठाउन सक्ने अधिकार रहेको उल्लेख गरेको छ ।
सैन्य मन्त्रालयका प्रवक्ताले भने– रुससँग फाइटर जेट र क्षेप्यास्त्र प्रणाली खरिद गर्ने चीनको फैसला एक सामान्य फैसला हो । दुई सम्प्रभु राष्ट्रबीच हुने यस फैसलामा आपत्तीको कुनै कारण छैन । अमेरिकालाई यस फैसलालाई प्रभावित गर्ने अधिकार छैन ।

ब्यापार युद्धलाई लिएर दुबै महासक्तीहरु बीच तनाव लगाता बढिरहेको छ । चीनले अमेरिकाको नयाँ कर नितिलाई ‘बुलिइज्म‘को संज्ञा दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले रुसका मुख्य हतियार आयातकसँग महत्वपुर्ण लेनदेनका कारण चिनियाँ सेनाको उपकरण विभाग र त्यसको निर्देशक ली सांग्फुमाथि तत्काल प्रतिबन्ध लगाएको थियो । अमेरिकाले यो प्रतिबन्ध रुससँग २०१७ मा १० वटा एसयु–३५ युद्धक विमान र सन् २०१८ मा एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गरेकोमा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्