एन्फामाथि पूर्व उपाध्यक्षको आरोप



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ट उपाध्यक्ष मणि कुँवरले सोमबार पत्रकार सम्मेलन गरी वैसाखमा भएको निर्वाचन गलत ढंगले गराएको आरोप लगाएको छ ।

कुँवरले सो निर्वाचनमा आर्थिक अनियमितता भएको प्रमाणसहित एन्फालाई आरोप लगाएका हुन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतलाई निर्वाचन समितिलाई धम्की दिएको, मतदातालाई पैसा दिएको, मतदातालाई भारत भमण गराएको उनले आरोप लगाएका हुन् । यसैगरी चुनाव सकिएलगतै मतदातालाई युरोप भ्रमणमा लगेको, पैसाको बलमा न्यायलयमा प्रभावित पारेको र निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगिलाई हवाइ टिकट बाँडेको उनले प्रस्ट पारे ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपमा भएको प्रमाणसहित फिफा र एएफसीमा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिए । उनले यो उजुरी सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा समेत पेश गर्ने बताए ।

एन्फाको नयाँ नेतृत्वका लागि गत वैशख २२ गते निर्वाचन भएको थियो । निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानल नै मतले विजयी भएको थियो । निर्वाचन विधान विपरित भएको भन्दै कुँवरले निर्वाचनको एक दिन अघि पत्रकार सम्मेलनको आयोजना गरेर उमेदवारी फिर्ता लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्