हंगकंगमा राजनीतिक पार्टी प्रतिवन्धित



हंगकंग,(एजेन्सी)
हंगकंगको प्रशासनिक निकायले सोमवार लामो समय देखि हंगकंगको स्वाधिनताकालागि वकालत गर्दै आएको सानो राजनीतिक पार्टी माथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

सरकारी निकायले उक्त हंगकंग नेसनल पार्टी ( एचकेएनपि ) ले राष्ट्रिय सुरक्षामा नै आँच पु¥याएको जनाएको छ । तथाकथित ‘ एक राष्ट्र , दुई प्रणाली ’ सुत्र अनुसार मुख्य भुमि चीनको तुलनामा हंगकंगले बढि स्वायत्तता र केहि निश्चित स्वतन्त्रताको आनन्द लिइरहेको छ ।
चीनको दवावको कारण ति स्वतन्त्रता छिनिँदै गएको चिन्ता बढिरहेको समयमा यस पार्टीलाई प्रतिवन्ध लगाइएको हो । संयुक्त अधिराज्यले हंगकंग चीनलाई सुपुर्दगी गरेयता पहिलो पटक कुनै राजनीतिक पार्टीलाई प्रतिवन्ध लगाइएको हो ।

औपनेवेशिक युगको कानुन अनुसार राष्ट्रिय सुरक्षा , सार्वजनिक कानुनको हित वा मानिसहरुको अधिकारको हित र स्वतन्त्रताको रक्षाका लागि कुनै पनि समुहलाई प्रतिवन्धित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्