लामाको पुस्तक ‘मन्थन’ सार्वजनिक



काठमाडौं, (नेस)
राजनीतिज्ञ तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक लोकार्पण भएको छ । पुस्तकले राजनीतिक र सामाजिक अभियान, जिवन संघर्ष र सफलताका विविध पक्षलाई समेटेको छ ।

सांसदहरु कृष्ण राई, रामेश्वर फुयाँल, साहित्यकार तथा पूर्व सांसद नारायण ढकाल, प्रदेश ३ का सांसद छिरिङ दोर्जे लामा, पूर्व राजदूत डा. गणेश योञ्जन लगायतले सो पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी नारायण ढकालले संसारमा राजा– महाराजाको मात्र ईतिहास लेखिने गरेकोमा राजनीति र समाजसेवामा क्रियाशिल लामाको पुस्तक तयार हुनु खुसीको विषय भएको बताउनुभयो ।

सो पुस्तकबारे समीक्षा गर्दै पूर्वराजदूत योञ्जनले पुस्तकले लामाको सम्र्पूण व्यक्तित्व नसमेटेपनि उहाँको व्यक्तित्व बुझाउने प्रयास गरेको धारणा राख्नुभयो । त्यसै गरी साँसद फुयाँलले लामाको सहास किंवदन्ती जस्तो लाग्ने उल्लेख गर्दै उहाँ राजनीतिबाट टाढा नहुने बताउनुभयो । लामाको आत्मवृतान्तमा आधारित मन्थन घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो । कार्यक्रमका अर्का वक्ता सांसद कृष्ण राईले लामाको पुस्तक पुर्वी काठमाडौ क्षेत्रकै लागि उर्जा भएको बताउदै भन्नुभयो–‘नेपालजीत लामाका धेरै कार्य स्तुत्य छन्, उहाँ राजनीतिमा सक्रिय हुनुभएको भए, म उहाँको भाषण सुनिरहेको हुनेथिए ।’

त्यसै गरी घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकालले आफ्नो प्रकाशनले समाजका फरक क्षेत्र र ब्यक्ति समेटदै पुस्तक तयार गर्दै आएको जानकारी गराउँदै लामाको पुस्तकमा फरक प्रेरणा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्