पालो भारतको ?



दक्षिण एसियाली मुलुक माल्दिभ्समा त्यहाँका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह नयाँ राष्ट्रपति बन्ने खवर आएको छ । आइतवार सम्पन्न निर्वाचन पश्चात सोलिह त्यहाँका राष्ट्रपति बन्ने भएका हुन्, अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ५८ दशमलव ३ प्रतिशत मत पाएका छन् ।

सोहिलले राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरे पनि त्यहाँ जित हार भारत र चीनको भएको सुन्दा धरहरा छक्क प¥या छ । मत परिणाम गणना हुनु अघि त्यहाँ यामिनले पुन सत्ता सम्हाल्ने पूर्व अनुमानलाई चिर्दै नयाँ नतिजा आएको छ । सोहिल भारतीय र यामिन चिनियाँ आर्शिवादका साथ चुनावी मैदानमा उत्रिएपछि नतिजाले कोल्टे फेरेको चर्चा समेत हुन थाल्या छ ।

जे होस, दक्षिण एसियामा श्रीलंकाबाट शुरु भएको सत्तापक्ष पछारिने चुनावी खेल नेपाल, पाकिस्तान, भुटान हुँदै माल्दिभ्स पुगेको छ । अर्थात् विपक्षीले राजनीतिक चौका मात्रै होइन, सत्ता सम्हाल्ने मौका पाएका छन् । अब कुरो यस्तै हो भने सत्ताको पासा पल्टिने पालो त भारतकै हो कि क्या हो, सन् २०१९को शुरुवातमा त्यहाँ पनि आम निर्वाचन हुँदैछ क्यार । सो चुनावमा चीन र अन्य छिमेकी मुलुकको समर्थन भारतीय सत्तापक्ष (भाजपा)वा विपक्षी कँग्रेस आई मध्ये कुन दललाई हुन्छ कुन्नी, धरहरालाई अहिले देखि नै खुल्दुली लाग्न थाल्या छ ?

प्रतिक्रिया दिनुहोस्