अरिङ्गाल बन्ने कि माहुरी ?



-बालकृष्ण मैनाली
नेपालको परिप्रेक्ष्यमा जुनसुकै तहको पनि जनआन्दोलनलाई भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने राजनीतिक व्यवसायीहरुले जनताको चाहना पूरा गर्छु भनी गुलियो अश्वासन बाँडेर नै सत्तामा पुगे । सत्तामा पुगेपछि आफ्नो दम्भको प्रदर्शनमा अलिकति पनि कतै कमी आयो कि भनेर छटपटाहट हुँदो रहेछ ।

चाहे राणाशासनलाई ढालेर सत्तामा पुगेको कांग्रेस होस् वा पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको नाउँमा सत्तामा पुगेको कांग्रेस र कम्युनिस्ट होस् अथवा गणतान्त्रिक सत्ताका सञ्चालक कांग्रेस–कम्युनिस्ट वा वर्तमान दुई तिहाइका शासक नै किन नहुन्, तत्–तत् बेलाका शासकदेखि वर्तमान बेलाका शासकसम्मका काम गराइ र अभिव्यक्ति हेर्दा अपवादको रुपमा कृष्णप्रसाद भट्टराईको सरकार र मनमोहन अधिकारीको छोटो अवधिको सरकारदेखि बाहेक जनताको भावनालाई सम्बोधन गर्नुभन्दा पनि आफ्नै विजयी उन्मादको दम्भ प्रदर्शित गर्नु प्राथमिकतामा परेको देखिन्छ ।

अनि वरिपरि रहेका आफन्त र विश्वासपात्र भनाउदाँहरुका सही गलत जे सल्लाह प्राप्त भए पनि त्यसलाई आत्मसात् गर्नुदेखिबाहेक त्यो सल्लाह र सुझावलाई मनन गरेर सही सुझाव ठहरिएमा मात्र सार्वजनिक गरिनुपर्ने ठाँउमा वास्तविक र न्यायिक विवेचनाको अभावमा सार्वजनिक गर्ने गरिँदा असल र सकारात्मक कार्यको पहिचान नै हुन नसकेको हो कि भन्ने शंसय पैदा गराइदिएको छ ।

वर्तमान दुई तिहाइको सरकार पनि यही पारामा अगाडि बढदै गरेको अनुभूति अब सर्वत्र हुन थालेको छ । प्रधानमन्त्रीलाई देशको चिन्ताभन्दा आफ्नो दलको चिन्ताले सताउन थालेको अनुभूति हुँदै छ । प्रधानमन्त्रीबाट आएका र सार्वजनिक भइरहेका अभिव्यक्तिहरुले उनको आफ्नै स्तर मापन खस्किँदो अवस्थामा अगाडि बढिरहेको विषयमा प्रधानमन्त्री स्वयम् बेखबर रहेको भन्ने कुरा उनको बेलाबेलामा आउने असुहाउँदा अभिव्यक्तिहरुले स्पष्ट पारिदिएका छन् ।

जनताले प्रधानमन्त्री केपी ओली र उनका दललाई दुई तिहाइ बहुमतसहित चुन्नु भनेको सत्तामा पुगेपछि दललाई केही अप्ठ्यारो पर्नासाथ कार्यकर्ताहरुलाई अरिङ्गाल बनेर जाइलाग्ने किसिमको अभिव्यक्ति प्रवाह गर्न होइन । उनी र उनको दललाई जस्तोसुकै प्रतिकूल परिस्थिति आइपरे तापनि अबचाँहि माहुरी भएर जनतालाई मह प्रदान गर्नेछन् भन्ने आशयले सत्तामा पु¥याएका हुन्, न कि द्वन्द्व निम्त्याउने अभिव्यक्ति प्रदान गर्न ?

कुनै अमुक दलको अध्यक्ष प्रधानमन्त्री हुन सक्छन् तर प्रधानमन्त्री कुनै अमुक दलको मात्र प्रधानमन्त्री हुन कदापि सक्दैनन् । त्यसैले देशको प्रधानमन्त्रीले आफ्नो दलमा कुनै समस्या देखा परेको हो कि भन्ने महसुस भयो भन्दैमा प्रधानमन्त्रीको हैसियतले आफ्ना समर्थक र कार्यकर्ताहरुलाई मात्र नभई अप्रत्यक्षरुपमा राज्यका सबै संयन्त्रहरुलाई अरिङ्गालको गोलो बनेर प्रस्तुत हुन निर्देशन दिन मिल्दैन । वास्तवमा प्रधानमन्त्रीको उक्त अरिङ्गाल बनेर जाइलाग्नु भनी आएको अभिव्यक्तिप्रति आफ्नै कार्यकर्ता पंक्ति र शुभेच्छुक पनि उति प्रसन्न देखिँदैनन् अरु प्रतिपक्षी र विरोधीहरुले उक्त भनाइको खोइरो खन्ने कुरा त आफ्नो स्थानमा छँदै छ ।

तत्कालीन भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रहितमा कठोर अभिव्यक्ति प्रदान गरेर रातारात हिरो बन्न पुगेका वर्तमान प्रधानमन्त्रीलाई दुई तिहाइको मतसहित जनताले त्यसै शक्तिशाली बनाएका होइनन् । विगतका उनका गुण–दोष जेसुकै भएको भए तापनि उनको स्वास्थ्यस्थितिसमेतलाई जनताले ध्यान दिई यिनलाई प्रधानमन्त्री बनाएमा कम्तीमा पाँच वर्षभित्र परिधिको शासन, अनुशासनपूर्ण शासन अनि संविधान र कानुनमा उल्लेख गरेभन्दा एकरत्ती पनि दायाँबायाँ नहुने शासनको प्रत्याभूति प्रदान गर्न सक्षम हुनुहुन्छ नै भनेर लोकले पत्याएर यो अवस्थामा ल्याइपु¥याएका हुन् । विडम्बना, अहिलेसम्मको उनको कार्यकाललाई हेर्दा त्यति सन्तोष गरिहाल्नुपर्ने ठाउँ भने देखा पर्न सकेको छैन ।

प्रत्येक व्यक्तिका प्रस्तुतीकरणमा आ–आफ्ना शैली हुन्छन् । प्रधानमन्त्रीका पनि प्रस्तुतीकरण गर्ने सम्बन्धमा आफ्ना शैली छन् । आफ्ना अभिव्यक्तिहरुमा उदाहरणसहित उखान टुक्काको प्रयोग गरेर प्रमाणित गर्न खोज्ने उनको विशेषता बनिसकेको छ । विपक्षी तथा विरोधीहरुले राजनीतिक हैसियतले त्यसलाई मोहरा बनाएर प्रचारप्रसार गर्लान्, त्यो जनचासोको विषय होइन । जनचासोको विषय भनेको जनतासँग सम्बन्धित विषयहरुसँग हुन्छ । हालै प्रधानमन्त्रीबाट निर्देशात्मकरुपमा अभिव्यक्ति भएका ‘अरिङ्गाल भएर प्रस्तुत हुनु’ भन्ने अभिव्यक्ति जनतासँगै सरोकार राख्ने तर जनतलाई तर्साउने खालको अभिव्यक्तिको विषयभित्र पर्दछ ।

जनताले प्रधानमन्त्री केपी ओली र उनका दललाई दुई तिहाइ बहुमतसहित चुन्नु भनेको सत्तामा पुगेपछि दललाई केही अप्ठ्यारो पर्नासाथ कार्यकर्ताहरुलाई अरिङ्गाल बनेर जाइलाग्ने किसिमको अभिव्यक्ति प्रवाह गर्न होइन । उनी र उनको दललाई जस्तोसुकै प्रतिकूल परिस्थिति आइपरे तापनि अबचाँहि माहुरी भएर जनतालाई मह प्रदान गर्नेछन् भन्ने आशयले सत्तामा पु¥याएका हुन्, न कि द्वन्द्व निम्त्याउने अभिव्यक्ति प्रदान गर्न ? माहुरीको गुण सदैव मह पार्नु नै हो । मह मानवजीवनको लागि अति लाभदायक वस्तुभित्र पर्दछ । माहुरीबाट प्राप्त हुने महलाई थुप्रै रोग–प्रतिरोधात्मक औषधि मानिन्छ । मानव जातिले अति गरेको अवस्थामा माहुरीले पनि कहिलेकाहीँ चिल्नु स्वाभाविक मानिन्छ तर अरिङ्गालको जस्तो कडा विष हुँदैन माहुरीको टोकाइमा ।

देशको प्रधानमन्त्रीको बोली र व्यवहार देशकै प्रधानमन्त्री अनुरुपको हुनु आवश्यक छ, न कि कुनै दलको नेताको । ओली प्रधानमन्त्री भएदेखि आजका अवस्थामासम्म आइपुग्दा कहिलेकाहीँ माहुरीरुपी भनाइ र भूमिकामा देखिन नखोजेका भने पटक्कै होइनन् । तथापि जजिकै रहेका सल्लाहकारले प्रवाह गर्ने सूचनालाई यथासम्भव केलाएर मात्र आत्मसात् गर्नुपर्ने ठाउँमा सीधै त्यस सूचनालाई सत्य मानी त्यही अनुसार व्यवहार र अभिव्यक्ति प्रदान गर्ने कार्य गर्दा निरन्तर उनको साखमा धक्का पुगिरहेको भन्ने कुरामा उनी स्वयम् पनि विश्वस्त हुन सकिरहेका छैनन् । निर्मला बलात्कार र हत्या प्रकरणकै विषयमा विद्युत्तीय सञ्चारमाध्यममा हत्या गरिएका निर्मलाको शव मेयरको घरमा लगेको आधारहीन अभिव्यक्ति प्रधानमन्त्रीको मुखबाट सार्वजनिक हुन पुगेको तथ्यले पनि आपूmलाई प्राप्त सूचना गलत वा सही के हो भन्ने निक्र्योल गर्ने सवालमा पनि उनका सल्लाहकारहरु चुकेका देखिन्छन् ।

प्रधानमन्त्री बनेपश्चात उनीबाट व्यक्त हुने अभिव्यक्ति शैलीले उनीप्रति आलोच्य हुनेको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । देशकै खेलाडीकै विषयमा किन नहोस्, उनले त्यति बेला क्रिकेट खेलाडी सन्दीपको विषयमा अभिव्यक्त गरेका कुराले विशेष गरी क्रिकेटका पारखीहरुले त्यति रुचाएका थिएनन् जब कि विश्वकपको दौरान क्रोसियाका राष्ट्रपतिले आफ्नो फुटबल खेलाडीप्रति देखाएको सम्मानजनक मायाले विश्व तरंगित भएको थियो । त्यस उसले पनि राजनेतामा हुनुपर्ने गुणलाई हाम्रा देशका प्रधानमन्त्रीलगायत अन्य नेताहरुले पनि आत्मसात् गर्दा खासै केही बिग्रँदैन ।

के कुरा पक्का हो भने, देशमा स्थानीय निर्वाचनदेखि केन्द्रीय निर्वाचनसम्मका नतिजाले हरेक निकायमा नेकपाका निर्वाचित प्रतिनिधिहरु नै बढी छन् । स्थानीय स्तरमा न्यायिक समिति भए पनि कतिपय स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरु नै न्यायिक मार्गबाट विचलित भई पुराना हैकमवादी सोचबाट परिचालित भैरहेका छन् । चाहे ती बोक्सी आरोप लागेकी महिलालाई वडा कार्यालयभित्रै कुटपिट हुने होस् वा बलात्कारजस्ता अपराधहरुसमेतमा पीडक र पीडकका परिवारहरुलार्इृ बाध्य पारी मिलापत्र गराउने सवालमा होस् अथवा अन्य कुनै जटिल न्यायिक मामिलामा नै किन नहोस्, वडास्तरीय निकायबाट गैरकानुनी हस्तक्षेप बारम्बार भैरहेका समाचार सार्वजनिक भैरहेका छन् । त्यसमा अभैm सुधार आउन सकिरहेको छैन । हालै मात्र एक वडाध्यक्षले शिक्षकलाई भकुरेको समाचार सार्वजनिक भयो ।

समाचारअनुसार भर्कुनुपर्नाको कारण त्यति ठूलो पनि थिएन । मात्र ती शिक्षकले वडाध्यक्षलाई नमस्कार गरेनन्, कारण त्यत्ति हो । मानवजीवनमा जन्म र मरण भनेजस्तै प्रायः हरेक पक्षका दुई विधा हुन्छन् । त्यस्तै नमस्कारका पनि दुई विधा नै छन् । जसलाई जोप्रति श्रद्धा छ, उसले त्यसलाई नमस्कार गर्छ । जसको प्रति श्रद्धा छैन, उसले नमस्कार गर्दैन । कसैले कसैलाई नमस्कार गरेन भन्दैमा जनप्रतिनिधिबाटै शिक्षकले कुटाइ खानुपर्ने भनेको यो कस्तो न्याय हो भन्ने प्रश्नलाई सरकारले उचित जवाफ दिनै पर्छ ।

यहाँ यो विषय जोड्नु भनेको कारण के हो भने, देशको प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई अरिङ्गालको रुपमा प्रस्तुत हुनु भनी निर्देशन दिनुपूर्व नै सम्बन्धित दलका स्थानीय प्रतिनिधिहरुले बेलाबेलामा स्थानीय स्तरमा विभिन्न हंगामाहरु मच्चाउँदै आइरहेका छन् । यस्ता हंगामाहरुलाई बेलैमा रोक्ने र पुनः पटक–पटक दोहोरिन गएमा प्रचलित कानुनअनुसार कार्यवाही गरी कठघरामा उभ्याइनुपर्ने दायित्व वोकेको सरकार प्रमुखले उल्टै सार्वजनिकरुपमा कार्यकर्ताहरुलाई अरिङ्गालको रुपमा प्रस्तुत हुनु भनेपछि स्थानीय नेतृत्वहरु जो सक्षम हुन् र खारिन बाँकी नै छन् तिनीहरुले बुझ्ने भाषा के हुनसक्छ ? थुप्रै सर्वसाधारण जनता यो मानेमा त्रस्त बनेका छन् ।

यो आलेख तयार पारेर पठाउनै लागेको बेलामा प्रधानमन्त्रीले फेरि आफ्ना कार्यकर्ता र नेताहरुलाई मौरीभैmँ मेहनती बन्न निर्देशन दिएका छन् । सहाना प्रधानको चौथो स्मृतिसभालाई पार्टी केद्रीय कार्यालयमा सम्बोधन गर्दै यो कुरा अभिव्यक्त गरेका हुन् । सम्भवतः यो पछिल्लो अभिव्यक्तिले पहिला अरिङ्गाल बन्न दिएको अभिव्यक्तिप्रति सुधार गर्ने प्रयत्नमा आएको अभिव्यक्ति हो कि भन्ने लाभको मौकाचाहिँ लिन र दिनचाहिँ मिल्छ तर अरिङ्गाल बन्न आएको पहिलाको अभिव्यक्तिप्रति दुःख मनाउ नगरेका कारण दुवै अभिव्यक्ति ठीक छन् भन्ने आशंकालाई पनि सँगसँगै कायम राखेको छ ।

जनमत भन्छ– सरकारलाई अरिङ्गाल बन्न पनि छेकबार छैन र माहुरी बन्न पनि छेकबार छैन, अवस्थाअनुसार दुवै बन्न जनताले निर्वाचित गरेकै हुन् । यदि सरकार अरिङ्गाल बनेर खनिने नै हो भने भष्ट्राचारविरुद्ध अरिङ्गाल बनेर देखाऊ । देशमा भैरहेको बेथितिविरुद्ध अरिङ्गाल बनेर देखाऊ । बलात्कार गरी हत्या गर्ने अपराधीहरुविरुद्ध अरिङ्गाल बनेर देखाऊ । अराजकविरुद्ध अरिङ्गाल बनेर देखाऊ भन्दै अरिङ्गाल बन्न छुट पनि प्रदान गरेका छन् । सेवाको पहँुचसम्म पनि नपुगेका जनतालाई अरिङ्गालको डर नदेखाऊ, बरु तिनीहरुसमक्ष माहुरीको रुपमा प्रस्तुत होऊ भन्ने सन्देश पनि दिएका छन् । अब प्रधानमन्त्रीको यी दुई अभिव्यक्तिलाई तिनका नेता र कार्यकर्ताहरुले कुन–कुन विधा र विषयमा अरिङ्गाल र माहुरी बनेर देखाउने हुन्, जनमत प्रतीक्षा गरेर बसेको छ । आगे सरकारको मर्जी ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्