भूकम्पपीडितलाई तीन लाख सहुलियत ऋण



नेपाल समाचारपत्र,काभ्रे
राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख शुशिल ज्ञवालीले भुकम्प पछिको पुननिर्माण र राहत अनुदानको जिम्मेवारी स्थानीय तहलाई दिएकाले भुकम्प पीडितहरुको गुनासो सम्बोधन हुने बताएका छन् ।

धुलिखेलमा निर्माणाधीन संजिवनी नमुना माविका भवनहरु अवलोकन गर्ने क्रममा कार्यकारी प्रमुख शुशिल ज्ञवालीले सरकारले तोकेको र लिएको लक्ष्य भित्रै पुननिर्माणको कार्य सक्ने गरी स्थानीय सरकारहरुलाई कार्ययोजना बनाउन निर्देशन दिईसकेको बताए । ९ करोड ९८ लाख लगानीमा निर्माण भईरहेको विद्यालयमा चारवटा भवन र दुईवटा शौचालय छन् ।

प्रशासनिक भवन, विद्यालय भवन र छात्राबास सहितको भवनका लागि उक्त रकम खर्च हुने भएको हो । भुकम्प आपतकालिन सहायता आयोजनाका नाममा शिक्षा मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत २०७४ भाद्र १२ गते सम्झौता गरी १९ गते देखि कार्य प्रारम्भ गरेको उक्त विद्यालयको निर्माण कार्य मसिंर १९ मा सम्पन्न हुनेछ । सम्झौता अवधी अघि नै कार्य सम्पन्न गर्ने गरी कार्य भईरहेको निर्माण कम्पनीले कार्यकारी अधिकृत शुशिल ज्ञवालीलाई जानकारी गराएको थियो ।

बैदेशिक ऋण ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा जिल्लामा यस्ता दुईवटा विद्यालयमा भवन निर्माणको कार्य भईरहेको छ । कोशिपारी स्थित चौरी देउराली गाउँपालिकाको प्रभा माविमा पनि यस्तै भवन निर्माण भईरहेको छ । कार्यकारी अधिकृतले निर्माणसँगै गुणस्तरीय संरचनाका लागि परिक्षण गर्न ल्याव र जनशक्ति स्थापना गरिसकिएको बताए । उक्त जनशक्ति र ल्याबले विकासका अन्य क्षेत्रको पनि जाँज गर्न सकिने ज्ञवालीले बताए ।

केन्द्रिय तहबाट हुँदै आएको गुनासो ब्यवस्थापनको जिम्मेवारी समेत स्थानीय तहमै पठाएपछि बास्तविक पीडितहरुको माग सम्बोधन हुने उनले बताए । सरकारले सहुलियत ऋण थप तीन लाख उपलब्ध गराउने र निर्माण सम्पन्न गरिसकेका घरहरुलाई एकमुष्ट स्थानीय सरकारको सिफारिसमा रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । स्थानीय तहबाट जिल्लामा समेत आउनु नपर्ने गरी इन्जिनियरहरु गाउँमै खटाईएको र त्यहि सम्बोधन गर्ने उनले बताए । त्यहाँ सम्बोधन हुन सकेर अन्याए भएको महसुस भएमा केन्द्रमा रहेको पुनरावेदन समितिमा निवेदन सकिनेछ । इन्जिनियरहरु मार्फत पुनः सर्बेक्षणको कार्य प्रारम्भ भईसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्