श्रीमती मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा



पर्वत ।
श्रीमतीलाई कर्तब्य गरि मारेको अभियोगमा पर्वतको मोदी गाउँपालिका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन ।
मोदी गाउँपालिका वडा नं २ देउपुरका राजन नेपाली श्रीमती शान्तिर्ला मारेको अभियोगमा पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश ध्रुबबहादुर थापाको एकल इजलासले थुनामा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको छ । गएको भदौ १० गते २२ बार्षिया श्रीमती शान्ति नेपाली मृत अवस्थामा फेला परेकी थिइन । मृत्यु भएपछि नेपालीले श्रीमती झुण्डिएको अवस्थामा फेला परेको भनेर प्रहरीमा जाहेरी दिएका थिए र मृतकका माइती पक्षले भने आत्महत्या नभई कर्तब्यबाट ज्यान लिएको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

पर्वत कुश्मा नगरपालिका १ बस्ने मृतक शान्ति नेपालीकी आमा रुपा नेपालीले श्रीमान र सासु फुलमति नेपालीका बिरुद्धमा कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपनि अदालतले आमा फुलमतिलाई भने साधारण तारेखमा रिहा गरेको छ । अभियुक्त नेपालीले आफुँले श्रीमतीको हत्या गरेको र आत्महत्याको नाटक गरेको बयान प्रहरीमा दिएको बताइन्छ तर गाउँलेले भने शान्तिले आत्महत्या गरेको र राजनलाई झुठा मुद्दामा फसाइएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्