विजमाण्डु अनलाइनसहित चारजना बिरुद्ध झापा अदालतमा मुद्दा



उत्तम नेपाल, भद्रपुर ।
प्रकाशित समाचारको विषयलाइ लिएर एक अनलाइनसहित चार जना बिरुद्ध झापाका एक व्यक्तिले अदालतमा मुद्दा दर्ता गराएका छन् । काठमाण्डौ महानगरपालिका दरबारमार्ग स्थित विजमाण्डु प्रालीबाट सञ्चालित विजमाण्डु डट कमसहित चेयर पर्सन,सम्पादक र समाचारदाता बिरुद्ध भद्रपुर– ७ का लक्ष्मण जमर कट्टेलले सोमबार जिल्ला अदालत झापामा मुद्दा दर्ता गराएका हुन् ।

लिखित वेइज्जती नामको दर्ता मुद्दामा विजमाण्डु डटकम,चेयर पर्सन जुनु रिजाल,सम्पादक विज्ञान अधिकारी र समाचारदाता अनन्त राज न्यौपानेलाइ विपक्षी बनाइ मुद्दा दर्ता गराएको कट्टेलका वकिल पवन कार्कीले जानकारी दिए । मुलुकी फौजदारी कार्यविधि(सहिंता) ऐन,२०७४ को भाग–३ को परिच्छेद २ को दफा ३०६(१) र (२) नम्बर अन्र्तगत मुद्दा दायर गरिएको वकिल कार्कीले बताए ।

जमर कट्टेलको नाम जोडिएर असोज ४ गते विहीबार दिउँसो कट्टेलको नेतृत्वमा तीन जनाको समूहले विगत दुइ वर्ष यता देखि कपडाको अवैध पैठारी गरेको समाचार प्रकाशित भएको दायर मुद्दामा उल्लेख गरिएको छ । विर्तामोड– ५ त्रिवेणी चोकमा राजिव जैनले भाडा लगाएको गोदाममा राखिएको कपडा असोज– २ गते राती सशस्त्र प्रहरी राजस्व गुल्मको टोलीले छापा मारेको भन्ने जानकारी सहितको विजमाण्डुका समाचारदाता न्यौपानेको नामबाट विराटनगर डेटलाइनबाट समाचार प्रकाशित भएको थियो ।

सीमा पारी पनि गोदाम भाडा लिएर झापाका विभिन्न नाका प्रयोग गरी कपडा ओसार्ने गरेको सशस्त्रले जनाएको छ भनी कट्टेलको नामसहितको समाचार प्रकाशित गरेको मुद्दामा जनाइएको छ । समुहका चन्दन कामती र राजा सरकार समेतले भारतको ठाकुरगञ्ज बजारमा कपडा खरिद गरी झापाको केचना क्षेत्रबाट भन्सार छली नेपाल भित्र्र्याउने र मोरङ्को उर्लाबारी स्थित सिताराम स्टोरलाइ दिने तथा इटहरी र धरानसम्म पुर्याउने गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित समाचारको विषयलाइ लिएर इज्जत मान प्रतिष्ठामा ,व्यत्तिगत चरित्र आचरण , नैतिकता र समाजमा गरेको लगानी समेतलाइ आँच आउने गरी सार्वजानिक रुपमा गर्दै नगरेको गैरकानूनी काम कारबाही गरेको भनी बेइज्जत हुने गरी समाचार प्रकाशित गरेकोले अदालतको नियमनुसार मुद्दा दर्ता गराइएको कट्टेलले बताए ।

जानी जानी समाचार प्रकाशन गरेर बेइज्जत गरेकोले प्रकाशित समाचारको विषयलाइ लिएर कानूनी कारबाहीको लागि अदालत पुगेको उनको भनाइ छ । वारेस सुवास कार्की मार्फत मुद्दा दर्ता गरेको उनले जनाए । प्रकाशित समाचारको फोटोकपी समेत राखेर अदालतमा मुद्दा दर्ता गरिएको वकिल कार्कीले जानकारी दिए । उनिहरुलाइ म्याद तामेलीको लागि पत्र काटिसकिएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्