नोबेलमा एकै दिन दर्जन भन्दा बढी मुटुको शल्यक्रिया



सरोज यादव, विराटनगर ।
विराटनगरमा रहेको नोबेल अस्पतालले एकै दिन दर्जन भन्दा बढी व्यक्तिहरुको मुटुका चाल सम्बन्धी थेरापी रेडियो फ्रिकेवन्सी एब्लेसन पद्धतिद्धारा सफल उपचार सेवा प्रवाह गरेको छ । अस्पतालले ९ बर्षदेखि ६५ बर्षसम्मका व्यक्तिहरुको मुटुको सफल थेरापी गर्न सफल भएको हो । विराटनगरमा रहेको नोबेल अस्पतालले मुटुको चाल सम्बन्धी विरामीहरुको एकैदिन एकदर्जन बिरामीहरुलाइ उपचार सेवा पु¥याएको छ ।

मुटुको चाल बढ्ने सामान्य रुपमा १ सय हुनु पर्ने हो तर २ सय वा त्यो भन्दा बढी भएका विरामीहरुको सफल उपचार सेवा प्रवाह गरेको छ । धनकुटाका ३७ बर्षीय पूर्ण राई ११ बर्षदेखि मुटुको समस्या लिएर नेपाल लगायत नेपाल बाहिरका देशहरु गए । तर कही कतै केही पत्तो लागेन । उनलाई बेला बेलाम मुटुको धडक्न बढने जसले गर्दा काम गर्न समस्या हुन्थ्यो । उनले विभिन्न ठाउका अस्पतालमा चेकजाँच गराए । कहै रोग पत्ता लागेन ।

यसै क्रममा कामको सिलसिलामा मलेसिया जाने क्रममा मेडीकल गर्दा पनि उनलाई डाक्टरहरुले मुटुको समस्या छ भनेर पत्तो लगाउन सकेनन् । उनी ३ बर्ष मलेसिया बसेर आए । विभिन्न अस्पतालमा उपचार गर्दा ५ लाख भन्दा बढी खर्च भयो । उनी उपचार गराउन धरानको घोपा पुगे । उनलाई अस्पतालले नोबेल रेफर ग¥र्यो । अस्पतालका मुटु रोग बिशेषज्ञ डाक्टर राजेश नेपालले उनको समस्या थाहा पाएर उनको उपचार गरे । अहिले उनी घर फर्कने तयारीमा छन् । अस्पतालको उपचारदेखि आफूले नयाँ जीवन पाएको भन्दै धन्यवाद दिएका छन् ।

अस्पतालका मुटु रोग बिशेषज्ञ डाक्टर राजेश नेपाल रोगको पहिचान भए समयमै रोग निको हुने बताए । उनले मुटुको चाल गढबढी भएका एकदर्जनको एकै पटक थेरापी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्