सरकार बनेको ७ महिनापछि प्रदेश सरकारलाई कार्यकारी हैसियतःमुख्यमन्त्री राई



सरोज यादव, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सातमहिना पछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन । उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुदै आएको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रशासनिक कार्यालयका रुपमा अस्थायी राजधानी विराटनगरमा स्थापना गरिएको कृषि बिकास निर्देशनालयको सोमबार उद्घाटन गदै यस्तो बताएका हुन । मुख्यमन्त्रीले प्रदेश सरकारकोे मुख्यमन्त्रीको हैसियतमा गुद्रीमा बसेर काम थालेको बताउदै पहिलो प्रशासनिक कार्यालयका रुपमा यो कार्यालयको स्थापनसँगै अब प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताए । उनले प्रदेश सरकारको मातहतका दुई कार्यालय स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनायलपनि आगामी ११ असोजमा धनकुटामा स्थापना गरिने जानकारी दिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र त्यससंग छुटाइएका बजेट अब यी कार्यालयबाट कार्यान्वयमा आउने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले प्रदेश नं १ अन्न भण्डारको प्रदेश भएकाले पहिलो प्राथमिकतामा कृषिलाई राखेर पहिलो प्रशासनिक कार्यालयको रुपमा कृषि बिकास निर्देशनालयकको स्थापना गरेको जानकारी दिए ।

विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना
सरकार गठन भएको सात महिना पछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना गरिएको छ । साविकको जिल्ला कृषि कार्यालय रहेको भवनमा प्रदेश सरकारको पहिलो औपचारिक प्रशासनिक कार्यालयका रुपमा कृषि बिकास निर्देशनालय स्थापना गरिएको हो । प्रदेश नं १ को सरकार ३ फागुनमा गठन भएको थियो । उससंग यसअघि मन्त्रालय वाहेका अन्य काम गर्ने प्रसासनिक कार्यालय रहेका थिएनन् । यो कार्यालयका स्थापनासँगै प्रदेश सरकारको सम्वन्धित मन्त्रालयले प्रशासनिक काम गर्ने बाटो समेत खुलेको छ ।

कृषि बिकास निर्देशनालयकमा बेनुप्रसाद प्रसाई कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका छन । कार्यालयका लागि कुल ३८ जना कर्मचारीको दरबन्दी रहेपनि धेरै कर्मचारी भने हाजिर हुन बाँकी नै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्