नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा



सरोज यादव, विराटनगर ।
स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको विराटनगरको सिएमजी स्वास्थ क्लबले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर धमलाले पछिल्लो समय नेपालमा भेट्रान खेलप्रति आकर्षण बढ्दो रहेकोले पनि प्रतियोगिता गर्न लागेको जानकारी दिए । ८ वटा टिमको सहभागिता रहने प्रतियोगिता असोज २० देखि २७ गतेसम्म हुनेछ ।

प्रतियोगितामा विराटनगरको आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोडा भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रान क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् ।

प्रतिक्रिया दिनुहोस्