व्यवसायिक तरकारी खेति विद्यालयको आम्दानीको स्रोत बन्दै



सरिता चलाउने, सल्यान ।
विद्यार्थीहरुको ब्यवहारिक ज्ञान आर्जनका गर्नको लागि सल्यानको एक बिद्यालयमा ब्यवसायिक तरकारी खेति गर्न सुरु गरिएको छ । जिल्लाको बागचौर नगरपालीका २ थारमारेमा रहेको जन कल्याण नमूना माद्ययामिक विद्यालयले आफ्नो हाता भित्र तरकारी खेतिगदै आएको हो । यहाँ कक्षा ९ देखि १२ कक्षा मा कृषि विषय पढने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई ब्यवहारिक सिप विकास गर्न ७० रोपनी जग्गामा तरकारी खेति गर्दे आएको विद्यालयले जनाएको छ ।

विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै ब्यवहारिक ज्ञान सिक्दा विद्यार्थीहरुलाई सिक्न सजिलो र रमाईलो हुने गरेको बिधार्थिहरुले बताएका छन । सैद्धान्तिक ज्ञानका साथ साथै ब्यवहारीका ज्ञानले आफुलाई धेरै फाईदा पुग्ने आएस एजीमा अध्ययनरत प्रेम डिसीले वताउनु भयो । उहाले भन्नु भयो पढ्ेका कुराहरु ब्यवहारिक रुपमा प्रयोग गर्न पाउँदा खुसी छौ । अहिले विद्यार्थीले ब्यवहारिक ज्ञान आर्जनका लागि गरेको ब्यवसायिक तरकारी खेति विद्यालयको आम्दानीको स्रोत वनेको छ ।

बिद्यालयमा बिधार्थीहरुले उत्पादन गरेको तरकारी स्थानीयहरु समेत आएर किनेर लैजाने गरे पछि विद्यालयको आम्दानीको स्रोत वनेको हो । वजारमा भन्दा ताजा र सुपथ मुल्यमा पाईने भए पछि आफुहरु तरकारी लिन विद्यालयमै आउने गरेका स्थानीय सिता डिसी ले वताउनु भयो । यहाँ मौसम अनुसारका टमाटर, काउली वन्दा, सिमी, खुसानी, करेला,लौका ,काक्रा लगायतका तरकारी खेति हुदै आएको छ । यस्तै बिद्यालयमा कुखुरा पालन,माछा पालन समेत गरिएको छ ।

विद्यालयले विद्यार्थीलाई तरकारी खेतिमा सहयोग गर्ने गरी एक जना ज्यालादारी कर्मचारीको ब्यवस्था गरेको छ । उनै कर्मचारीले तरकारीको रेखदेख गर्नु साथै दैनिक आय ब्यय समेत राख्ने गरेका छन् । विद्यार्थीलाई प्रदर्शनी माफर्त ब्यवहारिक सिपको विकास लागि विद्यालयले मौसमी वेमौसमी तरकारी,फलफुल खेति, माहुरी,कुखुरापालन समेत गदै आएको जनाएको छ । यहाँ ब्यवहारिक प्रयोग उत्पादन हुनेका गरेका तरकारी,फलफुल ,मास विक्रिवाट वार्षिक ४ लाख ५० हजार वरावरको आम्दानी हुने गरेको प्रधानाध्यापक पूर्णवहादुर भण्डारीले वताउनु भयो ।

थारमारेमा बजारको समेत स्थापना
जनकल्यान माविले आफ्नो नाममा रहेको जग्गामा वजार समेत स्थापना गरेको छ । थारमारेमा रहेको जग्गामा फरक फरक किसिमको ब्यापार ब्यवसाय सञ्चालन गर्ने गरी ४१ वटा साना र ठूला स्टलहरु सञ्चालन गर्न अनुमति दिएको छ । स्टलहरु फरक फरक प्रकृतिको ब्यापार गर्ने गरी भाडामा दिइएको छ । एक दशक पहिले सुनसान रहेको थारमारेमा विद्यालयले नै वजार स्थापना गरेको थियो । विद्यालय सञ्चालनका वजारमा रहेका स्टलहरुको आम्दानी सजिलो भएको छ । विद्यालयले भाडा वापत मात्र झण्डै ६ लाख आम्दानी गर्दे आएको छ ।

यहाँ कार्यरत १२ जना शिक्षकलाई पारिश्रमिकरुपमा तरकारी खेति र भाडावापत आएको रकम खर्चिने प्रधानाध्यापक पूर्ण वहादुर भण्डारी वताउनु भयो । ः

प्रतिक्रिया दिनुहोस्