शसस्त्र प्रहरी गणको चौर अब खेल मैदान



नेपाल समाचारपत्र, पर्वत ।
विं. सं २०५८ सालको मंसिर महिनादेखी ससत्र प्रहरीले ओगट्दै आएको वडागाउँचौरमा अव खैलमैदान बनाईने भएको छ ।

सशस्त्र प्रहरीको क्याम्पले ओगट्दै आएको चौरलाई खेलमैदान बनाएर ससत्रलाई अन्यत्रै स्थानन्तरण गरिने भएको हो ।

जिल्ला खेलकुद विकास समितिको नाममा रहेको कित्ता नम्बर ८१०, ८१२ र ८१३ को ८३ रोपनी जग्गा अहिले ससत्रले क्याम्प राखेर ओगटेको छ । उक्त मैदानलाई फिर्ता लिई ससत्रलाई अन्यत्रै व्यवस्थापन गर्ने वारेमा जिल्ला उच्च तहमा छलफल गरेर निर्णय कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाइएको छ । ससत्र प्रहरी वल चण्डिका गणमा जिल्ला वन कार्यालयको कित्ता नम्बर ५२१ को जग्गा प्रयोगमा नल्याएको पाइएको छ । उक्त जग्गा समेत खेलकूद विकास समितिकै नाममा कायम गर्न माग गरिएको छ ।

कर्मचारी मिलन केन्द्रको नाममा रहेको कित्ता नम्बर ७८४, साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर ९३०, सिप विकास तालिम केन्द्रको नाममा रहेको ९३१, पशु सेवा कार्यालयको नाममा रहेको कित्ता नम्बर ४४६ नम्बरको जग्गा प्रयोगमा नरहेको हुँदा ति जग्गामा ससत्रलाई राखेर वडागाउँचौरलाई फुकुवा गरि खेलमैदानको रुपमा प्रयागमा ल्याउन सरोकारवालाहरुले पहल गरेका हुन् ।

राष्टिय सभाका अध्यक्ष गणेश तिमिल्सीनामा पटक पटक जिल्लामा र केन्द्रमा समेत शसस्त्र प्रहरीलाई आवश्यक जग्गा अन्यत्र ब्यबस्था गर्ने र खेल मैदान फिर्ता ल्याउन बैठकहरु भैरहेका जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम गुरुङ्गलृ बताए । ‘मैदानका लागि अन्तिम प्रकृया थालिएको छ ’उनले भने ‘ अब पुरानो खेल मैदान फर्कने अवस्था आएको छ।’

ससत्रले विगत १७ वर्षदेखी वडागाउँ चौर ओगटेपछि पर्वतमा खेलमैदानको अभाव हुँदै आएको छ । मैदानकै अभावमा खेल गतिविधी समेत शुन्य भएको खेलप्रेमीहरु वताउँछन् । वडागाउँचौरलाई खेलमैदानको रुपमा विकास गरि ससत्रलाई अन्यत्रै स्थानान्तरण गर्न पटक पटक आवाज उठ्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्