दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला



काठमाडौं । नजिकिँदै गरेको राष्ट्रिय पर्वका लागि यही असोज १० गतेदेखि टिकटको अग्रिम बुकिङ खुल्ला हुने भएकोछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीचमा सहमति भई १० गतेदेखि अग्रिम टिकट बिक्री खुल्ला गरिएको जनाए ।

यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका कारण अबरुद्ध अग्रिम बुकिङ अब १० गतेदेखि खुल्ने भएको हो । बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएको हो ।

दसैंको मुखमा आवागमन सहज बनाउन व्यवसायीसँग सहमति गरिएको मन्त्रालयका एक अधिकारीले बताए । नेपाल आयल निगमकै कारण यस पटक सरकार व्यवसायी संग झुक्न बाध्य भएको हो । इन्धनको चर्को मूल्यबृद्धि तथा दशैंको मुखमा लगातार इन्धनको मूल्यमा बृद्धि भएपछि सरकारले भाडाबृद्धि गर्न बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्