एसिड आक्रमणबाट घाइते सम्झना दासको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं ।

गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।
एसिड सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्