मोड्रिचलाई ८ महिना जेल



लन्डन, (एजेन्सी)
स्पेनिस क्लब रियल मेड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रोएसियाली प्लेमेकर लुका मोड्रिचलाई ८ महिनाको जेल सजायको फैसला सुनाइएको छ।

कर छलेको आरोपमा उनलाई क्रोएसियाको एक अदालतले ८ महिना जेल सजायको फैसला सुनाएको हो। जेल सजायसँगै उनलाई १.४ मिलियन युरो जरिवानासमेत सुनाइएको छ। मोड्रिचले आफ्नो इमेज राइटबापत प्राप्त गरेको रकमको कर सरकारलाई नतिरेको भन्दै अदालतले उक्त सजाय सुनाएको हो। मोड्रिचले इमेज राइटबापतको रकम ८ लाख ७० हजार ७ सय २८ युरो सरकारलाई तिरेको थिएन।

सन् २०१३ तथा २०१४ मा लक्जम्बर्गको एक कम्पनीले उनको तस्बिर प्रयोग गरेको थियो। मोड्रिचमाथि जेल सजाय सुनाइए पनि उनी जेलमा भने बस्नुपर्दैन। उनले जेल सजायबापत थप ६० हजार युरो तिर्ने एल मुन्डोले जनाएको छ। उनीसंगै क्रोएसियाका उनका सहकर्मी डेजन लोभ्रेनलाई यसैसाता कर छलेको आरोप लागेको थियो। ३३ वर्षीय मोड्रिचले आफ्ना पुत्र इभानोको नाममा एसएआरएल इभानो कम्पनी खोलेका छन्। जसलाई उनका श्रीमतीले सञ्चालन गर्दै आइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्