डाँकाद्वारा स्विस जहाजका चालकदल अपहरित



अबुजा, (एजेन्सी)
नाइजेरियाका जलीय क्षेत्रबाट गइरहेको एउटा स्विस मालबाहक पानीजहाजबाट डाँकुहरुले त्यसका चालकदलका १२ जना सदस्यलाई अपहरण गरेको नाइजेरियाली र स्विस सञ्चारमाध्यमले जनाएका छन्।

मास्सोएल सिपिङले शनिबार एक्कासी ती डाँकुहरुले आक्रमण गर्दा आफ्नो एमभी ग्लारस नामक जहाजले नाइजेरियाको राजधानीबाट पोर्ट हार्कोर्टतर्फ गहुँ लिएर गइरहेको जनाएको छ।

स्विजरल्यान्डको राजधानी जेनेभास्थित उक्त कम्पनीले जनाएको छ– ‘ती डाँकुहरुको समूह लामा भर्याङहरुको प्रयोग गरी ग्लारसमा प्रवेश गरेका थिए। नाइजर डेलटाको बोन्नी टापुदेखि ४५ नटिकल माइल टाढा जहाजमा प्रवेश गरेका तिनीहरुले १२ देखि १९ जना चालकदलका सदस्यलाई बन्धक बनाएका थिए। साथै तिनीहरुले आक्रमणको दौरान जहाजमा रहेका अधिकांश सञ्चार उपकरण ध्वस्त पारिदिएका थिए।’ चालकदलका सदस्य कुन–कुन देशका नागरिक भएको अझै थाहा हुन नसके पनि तिनीहरुका परिवारलाई भने घटना सम्बन्धमा जानकारी दिइसकेको पनि कम्पनीले जनाएको छ। तर स्विजरल्यँन्डको विदेश मन्त्रालयले ती अपहरित सलदस्यमध्ये कुनै पनि स्विस नागरिक नरहेको स्पष्ट पारिसकेको छ।

प्रतिक्रिया दिनुहोस्