ट्रम्पद्वारा न्यायाधीशका लागि नामांकितविरुद्ध यौन उत्पीडनको आरोप



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि आफूले नामांकन गरेका ब्रेट क्याबनागमाथि यौन उत्पीडनको आरोप लगाउने महिलामाथि प्रश्न उठाएका छन्।

ती महिलामाथि आशंका व्यक्त गर्दै उनीमाथिको आरोप पहिल्यै किन नआएको हो भन्ने प्रश्न ट्रम्पले राखेका छन्। त्यसपछि आरोप लगाउने महिलाको समर्थनमा ठूलो संख्यामा उत्तर आएको छ। यो मामिला सन् १९८० को दशकको हो।

क्रिस्टिन ब्लोसे फोर्डले बे्रट क्याबेनागमाथि हाइस्कुल पार्टीका क्रममा आफूलाई लडाएको र उनको लुगा च्याथ्ने प्रयास गरेको आरोप लगाएकी छिन्। ट्रम्पले आफ्नो टिप्पणीमा फोर्डलाई धेरैअगाडि नै ती आरोप लाग्नुपर्ने उल्लेख गरेका छन्। ठूलो संख्यामा महिलाले ह्यासट्याग ‘ह्वाइ आई डिडन्ट रिपोर्ट’ मा यसको जवाफ दिएका छन्। ट्रम्पकै पार्टीका हजारौं सर्वसाधारण महिलाले ट्रम्पको बयान बकवास भएको बताएका छन्।

मिचिगन राज्यका गभर्नर पदका प्रत्यासी ग्रेटचेन विटमरले उक्त ह्यासट्यागमा ट्विट गरेका छन्– ‘किनभने म मात्र १८ वर्षकी थिएँ र म डराएकी थिएँ। म अरू कसैबाट गरिएको हिंस्रक आपराधिक कृत्यबाट पहिचान बनाउन चाहन्नँ।’

न्याय मन्त्रालयको २०१६ को आँकडाअनुसार यौन उत्पीडनको शिकार भएको दाबी गर्नेहरु ७७ दशवमलव २ प्रतिशतले प्रहरीसमक्ष उजुरी गर्दैनन्।

यस मामिलामा ट्रम्पले शुक्रबार ट्विट गरेका थिए– ‘मलाई यस कुरामा अलिकति पनि सन्देह छैन कि डाक्टर फोर्डमाथि भएको हमला त्यति नै नराम्रो हो जुन उनले बताइरहेकी छिन्, तर त्यति नै बेला आरोप लगाउनुपथ्र्यो।’

उनको उक्त ट्विटपछि ‘मि टु’ अभियानजस्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुको बाढी नै आयो। ‘ह्यासट्याग ह्वाइ आई डिडन्ट रिपोर्ट’ मा फोर्डको समर्थनमा गरिएका ट्विटमा कैयौंले एक प्रकारको धारणा राखेका थिए– ‘मानिसहरुले विश्वास नगर्लान् वा बोलेपछि त्यसको परिणाम के हुन सक्छ भन्ने डरले बताइएन वा अपमान र असमन्जस्यका कारण मुख नखोलेका हुन्।’

भूतपूर्व राष्ट्रपति रोनाल्ड रेगनका छोरी पेटी डेविसले वासिङ्टन पोस्टमा संगीत क्षेत्रसँग आबद्ध एक व्यक्तिले उमाथि दुष्कर्म गरेको र दशकौंसम्म आफूले त्यसलाई लुकाएर राखेको ‘ओपन एड’ पंक्तिमा लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्