संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ



काठमाडौं ।
संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) १ थान सहित ४ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका(६ का २५ वर्षीय रमित घतानी, सोही नगरपालिकाका २२ वर्षीय सन्त घतानी, सोलुखुम्बु दुधकोशी गाउँपालिका(५ का ३० वर्षीय सागर तामाङ र सोही गाउँपालिकाका २८ वर्षीय मिङमार तामाङ रहेका छन् ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचना प्राप्त भएपछि व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– ७ चावहिल गोपीकृष्ण नगरबाट उनीहरुलाई उक्त पित्त सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि आइतबार डिभिजन बन कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्