पत्रकार महासंघमा ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना



इलाम ।
नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ । महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्ने र त्यसलाई क्रमसः थप्दै लैजाने निर्णय गरेको हो । पत्रकारलाई आपत–विपद् परेका बेला आर्थिक सहयोग गर्न कोष स्थापना गर्न लागिएको अध्यक्ष ढकालले बताइन् । कोष सञ्चालनका लागि कार्यबिधि तयार गर्न समिति गठन गरिएको छ ।

महासंघले इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा स्थापना गरिएको आशिष स्मृति पत्रकारिता पुरस्कारको अक्षय कोष पनि थपेर १ लाख रुपैयाँको बनाउने भएको हो । यो कोषको ब्याजबाट हरेक वर्ष साविक मेची अञ्चल (ताप्लेजुङ, पाँचथर, इलाम र झापा) का उत्कृष्ट पत्रकारलाई नगद १० हजारसहित पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्