जेसिबिको ठक्करबाट नासु कोइरालाको मृत्यु



इलाम ।
इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जितबहादुर कोइराला (जगत)को सवारी दुर्घटनामा मृत्यु भएको छ । इलाम नगरपालिका ८ जिरोकिलोमिटर स्थित घरबाट मोटरसाइकलमा चुलाचुली जानेक्रममा आइतबार बिहान ४० वर्षीय कोइरालालाई पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका– ३ मा जेसीबीले ठक्कर दिँदा उन को मृत्यु भएको हो ।

ना १ क ३७२९ नम्बरको जेसीबीले ठक्कर दिएपछि गम्भिर घाईते भएका कोइरालाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ । जेसिबीका चालक फरार रहेको प्रहरीले जनाएको छ । कोइराला सवार मे ५ प ६६६४ नम्बरको मोटराइकल क्षतविक्षत भएको छ ।
साविक जिल्ला विकास समितिमा कार्यरत कोइराला पछिल्लो संरचना अनुसार जिल्ला समन्वय समिति बनेपछि चुलाचुली गाउँपालिकामा योजना प्रमुखका रुपमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्