७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित एक जना पक्राउ



कैलाली ।
भारतबाट नेपालतर्फ ल्याइँदै गरेको भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३१ वर्षीय कृष्णराज जोशी रहेका छन् ।
जोशीलाई कैलाली जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाट इलाकाबाट एपीएफ टोलीले आजे ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाह र बोर्डर आउट पोष्ट भजनीबाट सशस्त्र प्रहरी निरीक्षक धनबहादुर सिंहको कमाण्डमा खटिएको एपीएफ टोलीले सुराकीको आधारमा उक्त रकमसहित जोशीलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले जोशी मार्फत २ हजार दरको भारतीय रुपैयाँ ३९९, पाँच सय दरको १२ हजार ६२३, दुई सय दरको २०१, एक सय दरको १, पचास दरको ५७० र दश दरको १०० वटा बरामद गरेको छ ।

जोशीले भारतको गुजरातबाट सो रकम ल्याई घर लैजान लागेको भनि एपीएफ टोलीलाई बताएका छन् ।

उनलाई से ४ प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको डीएसपी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्