राष्ट्रियसभा अध्यक्षले भनेः संसारसँग प्रतिस्पर्धा गर्ने जनशक्ति देखेर खुशी लाग्यो



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौं । नेपाली चलचित्रकी स्टार अभिनेत्री केकी अधिकारीदेखि डिसहोमका महाप्रवन्धक कल्याण अधिकारीसम्मले अध्यापन गरेको सर्वाधिक सफल प्रिसिडेन्सियल बिजनेश स्कूलले तेस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

सोही कलेजका एमवीए र वीवीएमा अध्ययनरत बिद्यार्थीहरु दिक्षित गरिएका हुन । दिक्षान्त समारोहमा पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले कलेजेको अध्ययन पुरा गरेका बिद्यार्थीलाई जीवनको परीक्षामा पनि सफल हुन शुभकामना दिँदै सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दक्ष जनशक्ति देशमै उत्पादन गरिरहेको कलेज र अध्यानका सिलसिलामा बाहिर जाने विद्यार्थीहरुलाई रोकिरहेको बताएका छन् ।
तस्विरमा हेर्नुहोस दिक्षान्त समारोह


दिक्षान्त समारोहमा सोही कलेजका पिरिन्सीपल लक्ष्मण केसीले दिएको बक्तव्य

समारोहका सभापतिज्यू,
वेष्टक्लिफ युनिभर्सिर्टीका प्रोभोष्ट प्रा.डा. डेभिड मेकिनीज्यू,
मञ्चमा आसिन अतिथि तथा प्राध्यापकहरु,
कलेजका संचालकहरु, अभिभावक तथा विद्यार्थी भाई बहिनीहरु,

सर्वप्रथम आज दिक्षितहुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई मेरो हृदयदेखी नै हार्दिक बधाई दिन चाहन्छु । जीवनका रहेक मोडहरुमा सफलता प्राप्तहोस् यही सुभेच्छा सहित उत्तोरोत्तर प्रगतिको कामना समेत गर्दछु ।

प्रेसिडेन्सियल विजनेश स्कुलले अमेरिकन विश्वविद्यालयको सम्बन्धनमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा नेपालमा नै प्रदान गरिरहेको छ । म बधाई र धन्यवाद दिन चाहन्छु यसका संचालकहरुलाई – देश विकासका लागि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिरहनु भएको मा ।

नेपाल नयाँ युगमा प्रवेश गरेको छ संविधानसभा बाट नयाँ संविधान जारी भएपछि हामीले देशमा नयाँ शासन प्रणाली लागु गरेका छौं । देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । नयाँ संरचनाको निर्माण तथा नयाँ कानुन निर्माणको काममा हामी युद्धस्तरमा लागि रहेका छौं । जनताका व्यापक आकंक्षाहरुलाई सम्बोधन गर्नका लागी प्रारम्भिक काम नै संरचनाको निर्माण तथा नयाँ कानुन निर्माण हो त्यसको अन्तिम चरणमा हामी छौं ।

शासकीय स्वरुपमा आएको व्यापक सुधार कारण–समानुपातिक तथा समावेशिकताको सिद्धान्तमा आधारित भएर राज्यका हरेक निकायमा सबै जात–जाती, भाषा–भाषी, वर्ग, समुह र क्षेत्रका जनताको सहभागिता र पहुँच स्थापित गरेको भएको छ ।

स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भई स्थानीय सरकार, प्रदेश सरकारहरुको गठन तथा केन्द्रमा दुई तीहाई बहुमत सहितको शक्तिशाली सरकारको गठनले देशले पूर्णरुपमा स्थायित्व प्राप्त गरेको छ ।

नेपाल भूगोलमा सानो छ, स्रोत—साधनका हिसावले सम्पन्न छ, तर समृद्ध छैन । आज प्रत्येक नेपालीहरुले अझ विशेष गरेर युवाहरुले गम्भीर भएर सोच्नु पर्ने वेला भएको छ—देशको बारेमा, के हामीले हाम्रो देशको अवस्थालाई यही अवस्थामा रहन दिने हो? के हामीले हाम्रा सन्ततीहरुलाई उपहारका रुपमा विपन्न र कमजोर राज्य सुम्पने हो? पक्कै पनि होईन–हामीले हाम्रो देशलाई हाम्रै पहलमा हाम्रो पालामा नै समृद्ध बनाउनु पर्दछ र संसारमा सगरमाथाको देश, गौतम बुद्धको देश भनेर मात्रै होईन समृद्ध र स्थिर राष्ट्रका रुपमा हाम्रो देशलाई चिनाउनुपर्छ । र, संसारभरका मानिसहरुले आप्mनो स्वप्न भूमिका रुपमा हाम्रो देशलाई लिने र यहाँ आउन लालायीत हुने अवस्था सृजना गर्नु पर्छ ।

हाम्रो देशमा गर्न नसकिने र नमिल्ने कुरा के छ? शिक्षा, स्वास्थ्य, पर्यटन र जतस्रोतका विकास गर्दै कृर्षि र प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको स्थापना, बहुपरिवेष्ठित पारवहान सुविधाको उपयोग, खनिज पदार्थहरुको उत्खन तथा अन्वेषण गर्ने तथा पूर्व पश्चिम र उत्तर दक्षिण रेल वे तथा सडक सञ्जालको निर्माण गरेर संसारमा नमुना प्रस्तुत गर्न सकिने गरि विकास गर्न सकिन्छ ।

कृर्षिको आधुनिकीकरण एवम् व्यवसायीककरण गर्ने हो भने हामी कृर्षि जन्य वस्तुहरुको निर्यात गर्ने प्रमुख मुलक मध्ये एक हुनेछौं । हाम्रो जनसंख्यालाई पुग्ने खाद्यान्न त तराईका केही जिल्लामा सिंचाईको सुविधा उपलब्ध गराउने र आधुनिक तरिकाले खेती गर्ने हो त्यहाँबाट उत्पादित कृर्षि उपजले मात्र पुग्छ । कृर्षि र प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको स्थापना गरेर हामी समृद्धिको बाटोमा त लम्कन्छौं नै देश भित्रै लाखौं रोजगारीहरुको सृजना गर्न सक्छौ । अहिले जस्तो हाम्रा युवाहरु कामको खोजीमा विदेशिने अवस्थाको अन्य गर्ने मात्र होईन हामी विदेशी कामदारहरुलाई रोजगारी दिने अवस्थामा पुग्छौं ।

त्यसरी नै पर्यटनमा पनि अपार संम्भावना छ । संसारका १० अग्ला हिमचुचुराहरुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ वटा हिमाल हामी संग छन् । हिमाल, पहाड र तराई सहितको मनोरम भू–बनोट, विश्वका प्रसिद्ध पदमार्ग, संसारका दुर्लभ प्रजातीका वन्य जन्तुहरु सहितका संरक्षित क्षेत्रहरु तथा राष्ट्रिय निकुञ्जहरु, शान्तिका अग्रदुत गौतम वुद्धको जन्म भूमी – यी र यस्तै विशेषताका कारण हाम्रो पर्यटन क्षेत्र संसारका लागि नमुनाको रुपमा रहेको छ ।

लामो समयदेखी राजनीतिक तथा समाजिक परिवर्तन र सबै जात–जाती, भाषा–भाषी, वर्ग, समुह र क्षेत्रका जनताको पहुँच र सहभागिता राज्यका सवै निकायमा स्थापित गर्न गरिएका आन्दोलनहरु सफल भएका छन् । अव हामी विकास र समृद्धीको युगमा प्रवेश गरेका छौं ।

नेपाल सरकारले “समृद्ध नेपाल, खुशी नेपाली” भन्ने मुल मन्त्रका साथ देश निर्माणको कामलाई योजनाबद्ध ढंगले अगाडी बढाई रहेको छ । विगतदेखीका अनेकौं समस्याहरु तथा जनताका आकंक्षाहरुको बीचको तालमेत नमिलीरहेको जस्तो अवस्थाले जनतामा अब पनि केही हुदैन कि भन्ने आशंका देखिन थालेका छन् ।

संविधानको पूर्ण कार्यान्वयनसँगै देशमा रोजगारीका थुप्रै अवसरहरु प्राप्त हुने छन् । त्यसका लागि दक्ष जनशक्तिको पनि आवश्यक पर्दछ । विश्वब्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष नागरिक उत्पादन गर्नु हाम्रा लागि अहिले चुनौतिको बिषय बनेको छ । प्रेसिडेन्सियल विजनेश स्कुलले निजीक्षेत्रबाट नै भए पनि अमेरिकाको विश्वविद्यालयसंगको सहकार्यकामा देशमा नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जन शक्ति उत्पादन गरिरहेको छ । समृद्धिको लक्ष्य पूरा गर्न तपाईंहरु जस्तै क्षमता र प्रतिभा भएका युवाशक्तिको खाँचो देशलाई पर्ने छ । मलाई विश्वास छ, तपाईंहरु ले आफुहरु संग भएको ज्ञान, सिप र क्षमता एवम् उर्जाको प्रयोग यो देश मै गर्नु हुने छ ।

म आशावादी छु र विश्वस्त छु, आज दिक्षित सबै भाई बहिनीहरुले आफ्नो क्षमता बमोजिम देशभित्रै रोजगारी पाउनुहुनेछ । यो सम्भव छ । नेपाल सरकारले पनि काम गर्ने उमेरका नागरिहरुलाई न्युनतम १०० दिन रोजगारी दिने र यदी रोजगारी दिन नसकेमा सरकारले तोकेको न्यूनतम ज्याला अनुसार ५० दिनको बारबरको रकम दिने निर्णय गर्दै छ यो एक दमै सकारात्कम कुरा हो । साथै, हामीले पनि देशभित्रै केहीं गर्छु भन्ने सकारात्मक सोंचको विकास गनुपर्दछ । तपाईहरु जस्ता सक्षम युवाहरुले पनि देशमा रोजगारी सृजना गर्नमा महत्वपूर्ण योगदान गर्नु पर्दछ । हामीमा राज्यले मेरो लागि केही गरेन, देशले मलाई केहीं दिएन भन्ने नकारात्मक मनोभावना हावीहुन दिनुहुदैन । देश लागि मैले के योगदान गरे भन्ने सकारात्मक सोंचको विकास गर्नुपर्छ । एक पाईला हिंडे पनि आफ्नो धर्तिमा एक थोपा पसिना चुहाए पनि आफ्नो माटोमा भन्ने सोंचको विकास गर्नु पर्दछ ।

देश विकासको अर्काे आयम पनि हुन्छ । अनुभवी दिमागले सोच्ने, सक्षम व्यक्तिहरुले कार्यान्वयन गर्ने । हाम्रो देशका पाका र अनुभवीहरुले सोच्ने र सृजनशिल तथा उर्जावान युवाहरुले कार्यान्वयन गर्ने । यदि यसो गर्न सकियो भने हामी हाम्रा सन्ततिलाई स्वतन्त्र र समृद्ध मुलुक उपहारका रुपमा जिम्मा लगाउन सक्छौं ।

विद्यार्थी भाइ—बहिनीहरु,

दृढ ईच्छा शक्ति सहित देशको विकासमा समर्पितहुने नेतृत्व र कुशल व्यवस्थापकको खाँचो छ । विद्यार्थी भाइ—बहिनीहरु जो आज व्यवस्थापन संकाय अन्तरगत बीबीए र एमबीए उपाधी प्राप्त गर्नु भएको छ, तपाईहरुले यो देशको विकासमा कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्नुहुने छ । आफुले प्राप्त गरेको ज्ञान र सिपको उपयोग राष्ट्रनिर्माणको लागि गर्नुहुने छ भन्ने मलाई विश्वास छ ।

अन्तमा, आयोजक प्रेसिडेन्सियल विजनेश स्कुलबाट बीबीए र एमबीए उपाधी प्राप्त गरि आजको यस समारोहमा दिक्षितहुनुहुने भविष्यका कर्णधारहरुलाई पुनः हार्दिक बधाई दिन चाहन्छु, संग–संगै यहाँको उत्तोरोत्तर प्रगतिको पनि कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्