ननलाई बलात्कार गर्ने विसप गिरफ्तार



नयाँदिल्ली, (एजेन्सी)
सन् २०१४ देखि २०१६ बीच चर्चका १ ननलाई १३ पटक बलात्कार गरेको अभियोगमा दक्षिणी भारतीय राज्य केरलामा १ विसपलाई प्रहरीले गिरफ्तार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

नाम नखुलाइएका ती ४४ वर्षीया पीडित ननले गत जुनमा आफँलाई भएको अन्याय सम्बन्धमा क्याथोलिक चर्चले कुनै चासो नदेखाएको भन्दै कारबाहीका लागि प्रहरीसमक्ष उजुरी गरेकी थिइन्।

यस घटनालाई लिएर ननहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए। यस घटनाको कारण भारतको सबैभन्दा पुरानो क्याथोलिक इसाई समुदाय स्तब्ध हुनुका साथै यसले राष्ट्रियस्तरमा ध्यानाकर्षण गरेको थियो। नाम गोप्य राख्ने सर्तमा १ वरिष्ठ प्रहरी अधिकारीले लगातार ३ दिनको केरकारपछि ५४ वर्षीय विसप फ्रान्को मुलाक्काललाई शुक्रबार गिरफ्तार गरिएको बीबीसीका पत्रकार इमरान कुरेसीलाई जानकारी दिएका छन्।

आफँविरुद्ध लगाइएको अभियोग अस्वीकार गरेका मुलाक्काललाई शनिबार नै अदालतमा पेस गरिन लागेको प्रहरी सँत्रले जनाएको छ। भेटिकनले बिहीबार उनलाई अर्को सँचना नआउन्जेलका लागि पदबाट हटाएको निर्णय दिएको थियो। उनी उत्तरी राज्य पन्जावको जालन्धर शहरस्थित एउटा चर्चको विसप रहेका थिए। ती ननले उनले आफँलाई केरलाको कोक्तायाममा बलात्कार गरेको बताएकी छिन्। उनले चारपटक पत्र लेखपछि बल्ल भेटिकनले पनि कारबाही अघि बढाएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्