ट्रम्पलाई सत्ताच्यँत गर्न खोजेको छैन: रोजेन्स्टेन



वासिङटन, (एजेनसी)
अमेरिकी उपन्यायाधिवक्ता रड रोजेन्स्टेनले आफँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यँत गर्न संवैधानिक आधार खोज्नका लागि छलफल गरेको भन्नेबारे बाहिरिएको प्रतिवेदन अस्वीकार गरेका छन्।

अमेरिकाको दोस्रो सबैभन्दा वरिष्ठ न्यायाधिकारी रोजेन्स्टेनले आफँमाथि लगाइएको आरोप झुठो र निराधार रहेको बताएका छन्। अमेरिकी अखबार न्युयोर्क टाइम्सले अज्ञात स्रोतलाई हवाला दिँदै राष्ट्रपति भवन ≈वाइट हाउसमा समस्या उत्पन्न गराउन रोजेन्स्टेइनले ट्रम्पको वार्ता गोप्य तरिकाले रेकर्ड गराउन सल्लाह दिएको तथ्य बाहिर ल्याएको थियो।

तर एउटा सँत्रले उनको यो टिप्पणी व्यंग्यात्मक भएको बीबीसीलाई बताएको छ। गत वर्ष संघीय जाँचबुझ ब्युरो (एफबीआई)का निर्देशकलाई बर्खास्त गरिएपछि रोजेन्स्टेइनले ट्रम्पबारे यस्तो प्रतिक्रिया जनाएको बताइएको छ।

त्यतिबेला एफबीआईएका निर्देशक जेम्स कोमीले ट्रम्पको राष्ट्रपतीय चुनाबका बेला रसियाबाट हस्तक्षेप भएको भन्नेबारे कानुनी अनुसन्धानको जिम्मा लिइरहेका थिए। ट्रम्पले रसियाको विवादलाई नै लिएर उनलाई पदबाट हटाइएको बताएका थिए। शुक्रबार मिसौरीमा आयोजित एउटा ¥यालीमा ट्रम्पले अमेरिकी न्याय विभागमा उछालिएको फोहरको गन्ध अझै रहेको प्रतिक्रिया दिएका थिए।

उनले एफबीआईका खराब मानिसबाट आफ्नो सरकारले छुटकारा पाएजस्तै आफँले न्याय विभागलाई पनि शुद्ध पार्ने बताएका छन्। न्युयोर्क टाइम्सले रोजेन्स्टेइनले अमेरिकाको संविधानको २५औं संशोधनका लागि क्याबिनेटका सदस्यलाई साथमा लिन छलफल गरेको बताएको छ। उक्त संवैधानिक उपचारमार्फत कार्यालयका लागि अयोग्य राष्ट्रपतिलाई हटाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्