पिरती दुईतिर



गायिका कविता शिवाकोटीको कविता एल्बममा संगृहित पिरती लाउँदिन दुईतिर बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

किरण के उप्रेतीको शब्द र पुष्कर सुनुवारको संगीत रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको छ। गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् भने नवीन निरौलाले सम्पादन गरेका छन्। ७ वर्षदेखि गायन क्षेत्रमा सक्रिय कविताका २ एल्बम सार्वजनिक भएका छन्।

३ दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आप्mना अन्य गीतले जस्तै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्