संखुवासभाकी शेर्पालाई उपाधि



संखुवासभाकी जाङमु शेर्पाले मिस मंगोल नेपाल २०१८ को उपाधि चुमेकी छन्। प्रतियोगितामा गोर्खाकी प्रीति गुरुङ र सोलुखुम्बुकी पुनम शेर्पा क्रमशः फस्ट र सेकेन्ड रनर्सअप भए।

मिस लिडरसिपसहित शीर्ष उपाधि चुमेकी जाङमुका साथ फस्ट र सेकेन्ड रनर्सअप विजेताले थाइल्यान्डका लागि ५ दिने प्याकेज टुरको अवसर पाएका छन्। एक्सन इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित मिस मंगोल नेपालको दसौं संस्करणमा ललितपुरकी अस्मिता वज्राचार्य मिस ट्यालेन्ट, सुनसरीकी समीक्षा राई मिस पब्लिक च्वाइस, काठमाडौंकी इरोसा थापामगर मिस बेस्ट हेयर, बुटवलकी सुमी थापा मिस पर्सनालिटी र नुवाकोटकी रक्षा थिङ मिस फोटोजेनिक भए।

प्रतियोगितामा आइडियल इङ्लिस हाइस्कुलका निर्देशक पँर्ण लामा, फिल्म निर्देशक उदय सुब्बा, संगीतकार शान्तिराम राई, व्यावसायी फुपुतेन्जिङ सेर्पा, पँर्वमिस मंगोल डा. एनिस्ता गुरुङ, गायिका मेनुका राई र शिक्षासेवी शिवहरि अधिकारी निर्णायक थिए। रीता राई दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार टिका बोम्जन, हास्यकलाकार राजेन्द्र गिरी, नृत्यांगना रिद्धिमा राईले आ–आफ्नो रोमाञ्चक प्रस्तुती दिएका थिए।

प्रतिक्रिया दिनुहोस्