घटस्थापनामा आउने छक्का पञ्जा ३ ट्रेलरमा



लोकप्रिय हास्य सिरिज फिल्म छक्का पन्जा ३ ले अचानक रिलिज डेट घोषणा गर्दै आप्mनो ट्रेलर सार्वजनिक गरेको छ। नामको आधारको यो सिरिज फिल्मले शनिबार बिहान राजधानीमा एक कार्यक्रम आयोजना गरी रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

छक्का पञ्जासँगै फिल्मकर्मी अशोक शर्माको फिल्म जय भोले पनि दशैंमै आउने भएपछि दुबै फिल्मले रिलिज डेट घोषणा गरेका थिएनन्। छक्का पञ्जा आगामी २४ गते घटस्थापनाका दिन रिलिजमा आउने पक्का भएपछि जय भोलेले केही दिनमै रिलिज डेट घोषणा गर्ने भएको छ। दुवै फिल्मले दशैंकै विदालाई आप्mनो व्यापारिक डेट बनाइ रिलीज गर्ने भएपछि अगाडिपछाडि सार्न मानेका थिएनन्। एउटा फिल्म अघिल्लो साता रिलिजमा आउँदा दर्शक चापका कारण अर्को फिल्मले भने जति हल नपाउने भएकाले दुवै फिल्म पछाडि सर्न मानिरहेका थिएनन्।


शनिबार बिहान सार्जजनिक गरिएको छक्का पञ्जा ३ को ट्रेलरमा कमेडी विषयवस्तुलाई प्राथमिकता दिएको छ। ट्रेलरमा शिक्षा क्षेत्रमा हुने गरेको राजनीति दशाइएको छ। सरकारी स्कुलमा भोज खाँदा निम्तिएको विवादले हड्तालदेखि तोडफोडसम्म, घटनाले राजनीतिक रूप लिएपछि शुरु भएको राष्ट्रिय समस्या र त्यसलाई समाधान गर्न शिक्षा मन्त्री नै हेलिकोप्टर चढेर स्कुल पुग्नु पनि ट्रेलरमा देखाइएको छ। ३ मिनेटको यो ट्रेलरमा कलाकार हास्य संवादसहित छन् भने दीपकराज गिरी र दीपिका प्रसाईं दम्पतिका रूपमा देखिन्छन्। केदार घिमिरे ‘माग्ने बुढा’ पञ्चेबाजा समँहका नाइके तथा सहनाईं फुक्ने भँमिकामा छन्।

ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरू दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, निर शाह, लक्ष्मी गिरी, किरण केसी, शिवहरि पौडेल, श्याम राई, जयनन्द लामा, रमेशरञ्जन झा, विलसनविक्रम राई, यमन श्रेष्ठलगायतले गरेको कमेडी प्रस्तुत गरिएको छ। फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसपटक ट्रेलरमा विषयवस्तु खुलाएको बताए। बिगतका फिल्म हास्यप्रधान भए पनि सन्देशप्रधान नभएको भन्ने आरोप लागेकाले यसपटक शिक्षाजस्तो महŒवपँर्ण विषयलाई कथामा उतारिएको निर्देशक दीपाश्री निरौलाले बताइन्। छक्का पञ्जाको सफलतासँगै छक्का पञ्जा–२ पछि दीपाश्री निरौलाले गरेको निर्देशन गरेको यो फिल्ममा संगीत अर्जुन पोखरेल र दीपक शर्मा, छायांकन पुरुषोत्तम प्रधानको रहेकोे छ।

प्रतिक्रिया दिनुहोस्