एलआरआई फाइनलमा



काठमाडौं, (नेस)
एलआरआई र रातो बंगला प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत गल्र्सको थ्री बाइ थ्रीतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

ढोलाहिटीस्थित आयोजक ओसिस स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा एलआरआईले विल्सन एकेडेमीलाई ६–५ ले पराजित ग¥यो । सोनिया राणाले पुुरै ६ अंक जोडेकी थिइन् । दोश्रो सेमिफाइनलमा रातो बंगलाले ग्रामरलाई २०–७ ले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्