समिर र दीपिकालाई स्वर्ण



काठमाडौं, (नेस)
समिर खड्गी र दीपिका तामाङले प्रथम माचुसिमा कप राष्ट्रिय जुनियर क्योकुसिन कराते प्रतियोगिताको खुलातर्फ शनिबार स्वर्ण जितेका छन् ।

कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी स्कुलमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा समिरले प्रकाश कुँवरलाई पराजित गरे । महिला खुला उपाधि भिडन्तमा दीपिकाले मनीषा तामाङलाई हराइन् ।

 

प्रतिक्रिया दिनुहोस्